१५ निर्माण व्यवसायी र आपूर्तिकर्ता कालोसूचीमा

अर्थ राजनीति  ~  सार्वजनिक खरिद अनुगमनको कार्यालयले १५ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । पूजा ट्रेडिङ एण्ड अर्डर सप्लायर्स हेटौंडा, शैलुङ इन्टरप्राइजेज प्रालि खुमलटार र मुक्तिनाथ कृषि कम्पनी गैरीधारालाई दुई वर्षसम्म अन्य १३ वटालाई एक वर्षसम्म कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ । कालो सूचीमा परेकाहरुले कालोसूचीमा राखिएको अवधिभरसम्म सार्वजनिक निकायको कुनै पनि […]

बाडी पहिरोले गर्दा हवाई यात्रामा चाप बढ्यो

अर्थ राजनीति  ~ लगातारको बाडी पहिरोको  कारण नारायणगढ मुग्लिन सडकखण्ड बारम्बार अवरुद्ध हुँदा हवाई यात्रामा चाप बढेको छ। पहिरोका कारण पटकपटक अवरुद्ध हुने समस्याले जहाजमा यात्रुको चाप बढेको हो। भरतपुरबाट काठमाडौं जानका लागि अहिले बुद्ध एयरले मात्रै उडान भरेको छ। बुद्धले ४७ सिट क्षमताको दैनिक तीन वटा उडान भर्छ। यात्रुको चापले बिहीबारसम्म अग्रिम बुकिङ भएको […]

आजबाट सवारीसाधन जोरबिजोर प्रणाली रद्द भयो

अर्थ राजनीति  ~  सार्वजनिक सवारीसाधन सञ्चालनका लागि काठमाडौं उपत्यकामा जारी रहेको जोरबिजोर प्रणाली मंगलबारदेखि हट्ने भएको छ । उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुसहितको आइतबार बसेको बैठकले मंगलबारदेखि लागु हुने गरी निजी तथा सार्वजनिक सवारीमा रहेको जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीद्वारा जारी निषेधाज्ञा सम्बन्धी सूचनामा भनिएको छ, “काठमाडौं […]

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण ७९ % सम्पन्न

अर्थ राजनीति  ~  राष्ट्रिय गौरवको योजना अन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । विमानस्थलको निर्माणकार्य अबको ६ महिनामा  सम्पन्न हुने बताइएको छ । यही महिना भित्र निर्माण सम्पन्न हुनपर्ने भए पनि कोरोनाका कारण आयोजना पर धकेलिएको हो । गत आर्थिक वर्ष २०७६/७७ मा ६१ प्रतिशत भौतिक प्रगति भएको थियो । गत […]

मेलम्चीमा फेरि बढ्यो पानीको बहाव

अर्थ राजनीति ~  निरन्तरको वर्षाले मेलम्ची खोलाको बहाव बढेको छ। केही दिन अघिमात्र वितण्डा मच्चाएको मेलम्ची खोलाले फेरि पनि स्थानीयवासीलाई त्रसित बनाएको छ। बुधबार दिउँसोदेखि निरन्तर परेको पानीले हेलम्बुदेखि मेलम्चीसम्मको बस्ती जोखिममा परेको भन्दै प्ररीले त्यस क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तटीय क्षेत्रहरुमा अझै बाढी आउनसक्ने भएकाले सुरक्षित स्थानमा […]

सरकारले साउनबाट इम्बोस्ड नम्बर अनिवार्य गर्दै

अर्थ राजनीति  ~  सरकारले आगामी साउनदेखि सरकारी तथा निजी सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने तयारी गरेको छ । साउनदेखि दर्ता हुने नयाँ सवारीसाधन र नवीकरण हुने सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्न लागिएको यातायात व्यवस्था विभागले जनाएको छ । विभागका महानिर्देशक नमराज घिमिरेले सवारीसाधनको वैज्ञानिक व्यवस्थापन गर्ने उद्देश्यसहित आगामी साउनदेखि नयाँ सवारीसाधन र नवीकरण […]

कोरोनाको दोस्रो लहर सकिन नपाउँदै तेस्रोको जोखिम उच्च

अर्थ राजनीति  ~  कोरोना संक्रमणको दोस्रो लहर सकिन नपाउँदै तेस्रोको जोखिम उच्च देखिएको छ। डेल्टा भाइरस र यसको उत्परिवर्तित रूप डेल्टा प्लसको संक्रमण अब धेरै टाढा छैन। पहिलो र दोस्रो लहरमा ज्येष्ठ र वयस्क व्यक्तिमा बढी संक्रमण पाइएको थियो। स्वास्थ्य मन्त्रालयले कोरोनाको तेस्रो र चौथो लहर आउन सक्ने भएकाले स्वीकृत शैय्याको कम्तीमा २० प्रतिशत बालबालिकाको […]

निकुञ्जभित्र विद्युत् आयोजना बनाउन भएको निर्णयमा सर्वोच्चको रोक

अर्थ राजनीति  ~  यती समूहलाई लाङटाङ राष्ट्रिय निकुञ्जभित्र जलविद्युत् आयोजना निर्माण गर्न सहज हुने गरी सरकारले गरेको नीतिगत निर्णयमा सर्वोच्च अदालतले रोक लगाएको छ । आइतबार न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले निकुञ्जभित्र २५० मेगावाटसम्मको जलविद्युत् आयोजना निर्माण गर्न पाउने गरी मन्त्रिपरिषदले जेठ १३ गते गरेको नीतिगत व्यवस्था कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो । जेठ […]

कोभिड–१९को डेल्टा भेरियन्ट हालसम्मकै खतरनाक

अर्थ राजनीति  ~  कोभिड–१९को डेल्टा भेरियन्ट एकबाट अन्यमा सबैभन्दा बढी सर्ने तथा घातक प्रकृतिको छ। तर सौभाग्यले यो भाइरस रोक्न खोप प्रभावकारी देखिएको छ। कोरोना महामारीका कारण जारी विभिन्न खाले बन्देज समाप्त हुने भएकाले सोमबार अर्थात् जुन २१ लाई बेलायती नागरिक स्वतन्त्रताको दिन (फ्रिडम डे) का रूपमा मनाउने तयारीमा थिए। सोमबारदेखि बेलायतका हरेक व्यवसाय र […]

योगको महत्व : शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि एवम् विकास

अर्थ राजनीति  ~  मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्न उपयोगी मानिने योग गर्न आह्वान गर्दै अन्तर्राष्ट्रिय योग दिवस देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले संयुक्त राष्ट्रसङ्घको ६९ […]