मनसुनी वायुको प्रभावले देशका धेरै स्थानमा भरि वर्षा हुने

Machchapuchchre

अर्थ राजनीति  ~  देशभर रहेको मनसुनी वायुको प्रभावले मौसम प्रतिकुल बनेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । यस्तै देशका धेरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश तथा कर्णाली प्रदेशका केही स्थानहरुमा भारी बर्षाको समेत सम्भावना छ । यसैगरी राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश तथा कर्णाली प्रदेशका थोरै स्थानहरुमा भारी बर्षाको सम्भावना समेत रहेकोले  आवश्यक सतर्कता अपनाउनु हुन  महाशाखाको अनुरोध गरेको  छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्