आज चन्द्रागिरी हिल्सको शेयरमूल्य सर्वाधिक बढ्यो

अर्थ राजनीति  ~  चन्द्रागिरी हिल्स लिमिटेडको शेयरमूल्यमा सोमवार पनि उच्च बृद्धि भएको छ । यो दिन कम्पनीको शेयरमूल्य ९ दशमलव ९९ प्रतिशत बढेर अन्तिम मूल्य रू. १ हजार ५६३ कायम भएको हो । धितोपत्र दोस्रो बजारमा गत माघ २५ गतेदेखि कारोबार सुरु गरेको कम्पनीको शेयरमूल्य सुरुको दिनदेखिनै उच्च दरमा बढ्दै आएको हो । सोमवार प्रतिकित्ता […]

नेपाल राष्ट्र बैंकको प्रवक्तामा ढकाल नियुक्त

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकको प्रवक्तामा देवकुमार ढकाल नियुक्त भएका छन् । ढकाललाई चैत १० गतेदेखि लागू हुने गरी प्रवक्ता तोकिएको हो । यसअघि राष्ट्र बैंक नियमन विभागका प्रमुख रहेका ढकाल वरीयतामा तेस्रो स्थानका कार्यकारी निर्देशक हुन् । यसअघि प्रवक्ता रहेका डा.गुणाकर भट्टलाई बैंक सुपरिवेक्षणमा लगीएको छ ।

नबिल बैंक र नेपाल औषधि व्यवसायी संघ काठमाडौंबीच सम्झौता

अर्थ राजनीति  ~  नबिल बैंक र नेपाल औषधि व्यवसायी संघ, काठमाडौंबीच सम्झौता भएको छ। विभिन्न बैंकिङ सेवाहरु प्रदान गरेर औषधि व्यवसायीहरुलाई सहयोग गर्ने सम्झौता भएको हो। औषधि व्यवसायीहरुको आवश्यकता अनुसार बैंकको कर्जा नीतिको अधिनमा रहेर बैंकिङ सेवा दिइनेछ। निरज कुमार बस्नेत (डनिल), प्रमुख एस.एम.ई. तथा लघुवित्त, नबिल बैंक र बद्री प्रसाद श्रेष्ठ, अध्यक्ष, नेपाल औषधि […]

सिद्धार्थ बैंकका ग्राहकहरुलाई सम्यक डायग्नोस्टिकमा १५ % सम्म छुट

अर्थ राजनीति  ~  सिद्धार्थ बैंक र ललितपुरको जावलाखेलस्थित सम्यक डायग्नोस्टिकबीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरुले जावलाखेल, बानेश्वर र भक्तपुरमा रहेको सम्यक डायग्नोस्टिकमा डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग प्रयोग बापत ईन हाउस प्याथोलोजि सेवामा १५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सकिनेछ […]

अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धनमा भाग लिँदै नेपाल

अर्थ राजनीति  ~  कोरोना महमामारी (कोभिड-१९) शुरु भएयता पहिलो पटक नेपालले अन्तर्राष्ट्रिय मञ्चमा प्रत्यक्ष सहभागी भई पर्यटन प्रवर्द्धन गर्ने भएको छ । नेपाल पर्यटन बोर्डका अनुसार भारतमा आयोजना हुने साउथ एसियाज ट्राभल एण्ड टुरिजम एक्सचेन्ज (साटे)मा नेपालले सहभागिता जनाउने निश्चित भएको हो । मार्च २४ देखि २६ तारिखसम्म भारतको गे्रटर नोयडामा आयोजना हुने उक्त कार्यक्रममा […]

आज सुनको भाउ पुन: घट्यो

अर्थ राजनीति  ~  आज सुनको भाउ पुन: घटेको छ । हिजो तोलामा तीन सय रुपैयाँले बढेको सुनको भाउ आज भने पाँच सय रुपैयाँले घटेको हो ।आज तोलामा सुनको ८६ हजार ७ सय रुपैयाँ तोकिएको छ । हिजो सुनको भाउ तोलामा ८७ हजार दुई सय रुपैयाँ थियो । यस्तै आज चाँदीको भाउ पनि घटेको छ । […]

महिला लघुवित्त वितिय संथा लिमिटेडको सेयर सूचीकृत

अर्थ राजनीति  ~  महिला लघुवित्त वितिय संथा लिमिटेडको  सेयर दोस्रो बजार नेप्सेमा सूचीकृत भएको छ। कम्पनीको सेयर खरिदबिक्रीका लागि पहिलो कारोबार मूल्य नेप्सेले प्रतिकित्ता ३१३ रुपैयाँदेखि ९३९ रुपैयाँसम्म तोकेको छ। सो सीमाभित्र जुनसुकै मूल्यमा पहिलो कारोबार हुन सक्नेछ। कम्पनीको १० लाख कित्ता सेयर सूचीकृत भएको हो। सर्वसाधारणका लागि खुलेको आइपिओमा ३७ हजार ५०० जनाले १०–१० […]

बैंक अफ काठमाण्डूमा तीन नयाँ सञ्चालक निर्वाचित

अर्थ राजनीति  ~  बैंक अफ काठमाण्डू लिमिटेडको आफ्नो विशेष साधारण सभा मंगलबार एक समारोहको बिच सम्पन्न भएको छ । उक्त विशेष साधारण सभाले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्नुहुने ३ जना सञ्चालकहरु गोबिन्द प्रसाद शर्माज्यू, मदन लाल जोशी र अमृता उप्रेती सञ्चालक पदमा निर्बिरोध निर्वाचित हुनुभएको छ । बैंकले हाल ९० शाखा कार्यालयहरु, ७८ […]

राष्ट्र बैंकको डेपुटी गभर्नरमा निलम ढुंगाना र बमबहादुर मिश्र नियुक्त

अर्थ राजनीति  ~ नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा बमबहादुर मिश्र र डा. निलम ढुंगाना तिम्सिना नियुक्त भएका छन् । मंगलवार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले मिश्र र ढुंगानालाई डेपुटी गभर्नर नियुक्त गरेको हो । बैठकले राष्ट्र बैंकले सिफारिस गरेको ४ जना मध्ये यी २ लाई डेपुटी गभर्नर नियुक्त गरेको हो। हाल मिश्र वैदेशिक विनिमय विभागका प्रमुख […]

दाहोरो अंकले घट्यो शेयर बजार, पाँच कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि

अर्थ राजनीति  ~ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको तेस्रो दिन आज (मंगलबार) दोहोरो अंकले घटेकोे छ । आज नेप्से २३.२२ अंकले घटेर दुई हजार चार सय ६१ दशमलब ८८ विन्दुमा थामिएको छ । नेप्सेसका अनुसार आज ४ अर्ब ७५ करोड २७ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका सबै समूहमध्ये तीन वटा समूहबाहेक […]