विमानस्थलले यात्रुलाई छिर्न ‘प्रिन्टेड टिकट’ अनिवार्य गर्यो !

अर्थ राजनीति  ~  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक उडान गर्ने यात्रुले अब डिजिटल डिभाइसमा टिकट नम्बर मात्र देखाएर विमानस्थल छिर्न नपाउने भएका छन् । मंगलबारबाट लागु गरिएको यस्तो निर्णयले बिहानै मोवाइलमा नम्बर मात्र लिएर विमानस्थल पुगेका यात्रुले सास्ती पाएका छन् । वायुसेवा कम्पनीहरुका अनुसार विमानस्थलमा प्रहरीले ‘प्रिन्टेड टिकट’ अनिवार्य गरिएको भन्दै यात्रुलाई छिर्न रोक लगाएको हो […]

क्यालिब्रेसन फ्लाइटले भैरहवा विमानस्थल शुक्रबारबाट बिहान १० बजेदेखि ४ बजेसम्म बन्द

अर्थ राजनीति  ~  निर्माणको अन्तिम चरणमा रहेको गौतमबुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको फ्लाइट क्यालिब्रेसन शुक्रबारबाट सुरु हुने भएको छ। क्यालिब्रेसन फ्लाइट हुँदा भैरहवा विमानस्थलमा हुने दैनिक आन्तरिक उडान छ घण्टाको लागि बन्द हुने भएको छ। विमानस्थलका महाप्रवन्धक गोविन्दप्रसाद दाहालका अनुसार फ्लाइट क्यालिब्रेसन हरेक दिन विहान १०:००-४:०० बजेसम्म गरिनेछ। प्रमुख दाहालले भने- ‘क्यालिब्रेसन सकिएलगत्तै नेपाल वायुसेवा निगमको […]

रेमिट्यान्स बढाउन सरकारको तयारी हुदै

अर्थ राजनीति   ~  सरकारले विदेशबाट रेमिट्यान्स पठाउने व्यक्तिहरूलाई नगद प्रोत्साहन तथा सेवा शुल्कमा छुट दिने तयारी गरेको छ । पछिल्ला महिनामा लगातार रेमिट्यान्स घट्न थालेपछि त्यसलाई बढाउन भन्दै सरकारले नगद प्रोत्साहनलगायत अरू सम्भावित विकल्पबारे गृहकार्य थालेको हो । ‘नगद प्रोत्साहन (क्यास इन्सेन्टिभ), सेवा शुल्कमा छुटमध्ये कुनै एक वा अरू कुनै सुविधा दिने भन्ने सम्बन्धमा अन्तिम निर्णय हुन […]

धितोपत्र बोर्डले साढे पाँच महिनापछि आज नेतृत्व पाउँदै

अर्थ राजनीति  ~ साढे पाँच महिनादेखि नेतृत्वविहीन नेपाल धितोपत्र बोर्ड (सेबोन) मा सरकारले आज अध्यक्ष नियुक्त गर्दैछ । बोर्ड अध्यक्ष छनोट सिफारिस समितिले आवेदन दिएका १५ मध्ये पाँच जनाको नाम ‘सर्टलिष्ट’ मा राखेर अर्थ मन्त्रालयमा पठाइसकेको छ । मन्त्रिपरिषद् नियमित बैठकबाट बोर्ड अध्यक्ष नियुक्त गर्न अर्थ मन्त्रालयले फाइल लैजान लागेको हो । बोर्डकै कार्यकारी निर्देशक […]

मौद्रिक समीक्षा यसै साताभित्र, घरजग्गामा कडाइ गर्ने संकेत

अर्थ राजनीति  ~ नेपाल राष्ट्र बैंकले केही दिनमै चालु वर्षको मौद्रिक नीतिको अर्द्ध-वार्षिक समीक्षा गर्ने भएको छ। राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले सरोकारवालाहरुसँग सुझाव लिएर आगामी कार्यदिशाका बारेमा प्रारम्भिक मस्यौदा तयार पारिसकेको छ। नियमन तथा सुपरिवेक्षण विभागका साथै विदेशी विनियम र लघुवित्त सुपरिवेक्षण विभागबाट पनि समीक्षामार्फत समेटिनु पर्ने विषयहरु गइसकेका छन्। भोलि/पर्सितिर नै गभर्नर अध्यक्ष […]

ब्याजदर वृद्धि भए लगत्तै खुलेको बजारमा ८५ अंकको गिरावट

अर्थ राजनीति  ~  ब्याजदर वृद्धि भए लगत्तै खुलेको धितोपत्र बजारमा फराकिलो अंकको गिरावट देखिएको छ। बजार खुलेको आधा घण्टा नहुँदै ८५ अंक अधिकले घटेको छ। गत साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक २८०१.५६ को विन्दुमा कायम थियो। आइतबार प्री-ओपनिङमा १७ अंक घटेको नेप्से परिसूचक हाल २७१५ को विन्दुमा कारोबार हुँदै छ। ब्याजदर वृद्धिको दबाब पर्दा […]

” सिबिफिनका मागले राजस्व संकलन प्रभावित हुन्छ ” : निकासी पैठारी संघ

अर्थ राजनीति  ~  नेपाल समुद्रपार निकासी पैठारी संघले बैंक तथा वित्तीय संस्था महासंघ (सिबिफिन) का मागप्रति आपत्ति जनाएको छ । सिविफिनका माग पूरा भए अतिआवश्यक वस्तुको आपूर्तिमा आपूर्ति अवरुद्ध हुनुका साथै राजस्व र रोजगारीमा समेत गम्भीर नकारात्मक असर पर्ने दावी गरेको छ । सिबिफिनले तरलता संकट समाधानका नाममा वस्तु आयातका लागि एलसी खोल्दा शतप्रतिशत मार्जिन […]

लगातार घटिरहेको बजारमा लगानीकर्ता ‘प्रोफिट बुक’ को मुडमा देखिए !

अर्थ राजनीति  ~  स्थानीय तह निर्वाचनको मिति तय भए बढ्ने भनिएको बजार मिति तोकिए लगत्तै घट्न थालेको छ। बजार नबढ्ने लक्षण देखिएपछि लगानीकर्ता नाफा सुरक्षित गर्न हतारमा देखिएका छन् । ‘प्रोफिट बुकिङ’ हुँदा दोहोरो अंकको गिरावट देखिएको मंगलबारको सेयर बजारले बुधबार पनि निरन्तरता पाएको छ। नेप्से परिसूचक २८ अंक घटेर २८०७ को विन्दुमा छ। कारोबार पनि […]

सिविफिनले तरलता समाधानकाको लागि राष्ट्र बैंकलाई दियो २३बुँदे सुझाव

अर्थ राजनीति  ~  बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफिन) ले तरलता (लगानीयोग्य रकम) अभावको दीर्घकालीन समाधानका लागि राष्ट्र बैंकलाई २३बुँदे सुझाव दिएको छ । पछिल्लो ६ वर्षदेखि लगातार बैंकमा अधिक तरलता र तरलता अभावको समस्‍या देखिरहेका बेला सिविफिनले राष्ट्र बैंकलाई अध्‍ययन सहितको २३बुँदे सुझाव दिएको हो । सुझाव प्रतिवेदनमा १० वर्ष यता बैंक तथा […]

” कृषिलाई नछोडी अन्यलाई जोडी , बैंक अगाडी बढ्दै ” : श्री अनिल कुमार उपाध्याय

अर्थ राजनीति  ~  नेपाल बैंकर्स संघका अध्यक्ष एबम कृषि विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री अनिल कुमार उपाध्याय sir ,  कृषि विकास बैंक ५४ वर्ष  पारगरी  ५५ बर्समा प्रवेश गर्दै गरेको उपलक्ष्यमा बोल्दै  ” प्रत्येक शनिबार बेलुकी ८ :५० बजे प्रसारण हुने नेपाली टेलिभिजन  छेत्रको विशुद्ध बैंन्किंग कार्यक्रम  ” बैंन्किंग सेरोफेरो ” मा कार्यक्रम […]