क्यालिब्रेसन फ्लाइटले भैरहवा विमानस्थल शुक्रबारबाट बिहान १० बजेदेखि ४ बजेसम्म बन्द

Machchapuchchre

अर्थ राजनीति  ~  निर्माणको अन्तिम चरणमा रहेको गौतमबुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको फ्लाइट क्यालिब्रेसन शुक्रबारबाट सुरु हुने भएको छ। क्यालिब्रेसन फ्लाइट हुँदा भैरहवा विमानस्थलमा हुने दैनिक आन्तरिक उडान छ घण्टाको लागि बन्द हुने भएको छ। विमानस्थलका महाप्रवन्धक गोविन्दप्रसाद दाहालका अनुसार फ्लाइट क्यालिब्रेसन हरेक दिन विहान १०:००-४:०० बजेसम्म गरिनेछ। प्रमुख दाहालले भने- ‘क्यालिब्रेसन सकिएलगत्तै नेपाल वायुसेवा निगमको एयरबस-३३० वाइडबडी जहाजमार्फत यो विमानस्थलमा परीक्षण अवतरण गरिनेछ।’ उडान संचालन तथा व्यवस्थापनका लागि विमानस्थलमा जडान भएका आईएलएस (इन्स्ट्रुमेन्टल ल्याण्डिङ सिस्टम), भीओआर (भीएचएफ ओम्निडिरेक्सनल रेडियो रेन्ज) तथा अन्य संचार वा नेभिगेसन उपकरण तथा प्रविधिले ठिक ढंगले काम गरिरहेको छ/छैन भन्ने जाँच्नका लागि यो उडान गर्न लागिएको हो। विमानस्थलमा प्रयोग भएको उपकरण सबै एरो थाइले नै उपलब्ध र जडान गरेको हो। विमानस्थल संचालनका लागि नागरिक उड्डयन प्राधिकरणको संस्थागत संरचना तयार भइसकेको उनले जानकारी दिए। उनका अनुसार विमानस्थल संचालनका लागि प्रहरी, भन्सार, अध्यागमन लगायतका निकायले कर्मचारी दरबन्दी निर्धारण गरिसकेको छ।९८ प्रतिशत निर्माणको काम सकिसकेको यो विमानस्थल देशको एक मात्र इन्स्ट्रुमेन्टल ल्याण्डिङ सिस्टम (आईएलएस) भएको विमानस्थल हो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्