” सिबिफिनका मागले राजस्व संकलन प्रभावित हुन्छ ” : निकासी पैठारी संघ

Machchapuchchre

अर्थ राजनीति  ~  नेपाल समुद्रपार निकासी पैठारी संघले बैंक तथा वित्तीय संस्था महासंघ (सिबिफिन) का मागप्रति आपत्ति जनाएको छ । सिविफिनका माग पूरा भए अतिआवश्यक वस्तुको आपूर्तिमा आपूर्ति अवरुद्ध हुनुका साथै राजस्व र रोजगारीमा समेत गम्भीर नकारात्मक असर पर्ने दावी गरेको छ । सिबिफिनले तरलता संकट समाधानका नाममा वस्तु आयातका लागि एलसी खोल्दा शतप्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्था लागू गर्न माग गरेको थियो । सो माग पूरा भए दैनिक जीवनका अति आवश्यक वस्तुको लागत चर्को भएर ती वस्तुमा आम नागरिकको पहुँच नपुग्ने अवस्था सिर्जना हुने पैठारी संघको ठहर छ । त्यसैगरी आयातमा निर्भर मुलुकको राजस्वमा असर पर्ने भन्दै मुलुकको आपूर्ति प्रणालीलाई सामान्य राख्न महत्वपूर्ण भूमिका खेल्दै आएका साना तथा मझौला आयातकर्ता विस्थापित भई रोजगारीमा असर पर्ने पैठारी संघले जनाएको छ । मुलुकको राजस्वको प्रमुख स्रोत तथा लाखौं रोजगारीको आधारको रुपमा रहेको आयात व्यापार नै ध्वस्त हुनेगरी सिविफिनले माग गर्नु बिडम्बना भएको संघको भनाइ छ । सिबिफिनले आफ्नो कार्यक्षेत्र बाहिर गएर आयातमा लाग्ने भन्सार महसुल बढाउन सुझाएको संघको दावी छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्