धितोपत्र बोर्डले साढे पाँच महिनापछि आज नेतृत्व पाउँदै

Machchapuchchre

अर्थ राजनीति  ~ साढे पाँच महिनादेखि नेतृत्वविहीन नेपाल धितोपत्र बोर्ड (सेबोन) मा सरकारले आज अध्यक्ष नियुक्त गर्दैछ । बोर्ड अध्यक्ष छनोट सिफारिस समितिले आवेदन दिएका १५ मध्ये पाँच जनाको नाम ‘सर्टलिष्ट’ मा राखेर अर्थ मन्त्रालयमा पठाइसकेको छ । मन्त्रिपरिषद् नियमित बैठकबाट बोर्ड अध्यक्ष नियुक्त गर्न अर्थ मन्त्रालयले फाइल लैजान लागेको हो । बोर्डकै कार्यकारी निर्देशक निरज गिरी, अन्य आवेदकहरू रमेशकुमार हमाल, गोपालप्रसाद भट्ट, कृष्णराज पोखरेल र खगेन्द्र कटुवालको नाम सिफारिस समितिले ‘सर्टलिष्ट’मा राखेको हो । सर्टलिष्टमा परेकाहरूले सिफारिस समितिसामू आइतबार प्रस्तुती दिएका थिए । बोर्डमा अध्यक्ष नियुक्त नहुँदा साधारण सेयर (आईपीओ) र हकप्रद सेयर अनुमतिसमेत पाँच महिनासम्म रोकिएको थियो । अर्थ मन्त्रालयले सहजीकरण गरेपछि गत साता जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको साधारण सेयर निष्काशन भएको थियो । तर, अध्यक्ष नहुँदा बोर्डमा सानादेखि ठूला कार्यक्रम तथा योजनाबारे आवश्यक निर्णय हुन सकेको छैन । विभिन्न प्रकृतिका सेयर निष्काशन, राफसाफ कोष कार्यान्वयन, सेयरको भित्री कारोबार नियन्त्रण गर्ने योजना, बजार नियमनसम्बन्धी ऐन, बुक बिल्डिङमार्फत आईपीओ जारी गर्ने प्रकृया, ब्रोकरलाई छुट्टै टीएमएस र वाणिज्य बैंकलाई ब्रोकर लाइसेन्स दिने लगायत काम रोकिएका हुन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्