बीमा कम्पनीहरु द्वारा कोरोना बीमाको भुक्तानी बन्द

अर्थ राजनीति ~  सरकारले तोकिएको रकम निकासी गर्न ढिलाइ गरेपछि सबै निर्जीवन बीमा कम्पनीहरूले कोरोना बीमाको दाबी भुक्तानी स्थगित गरेका छन् । नेपाल बीमक संघको आह्वानमा २० वटा निर्जीवन बीमा कम्पनीहरूले कोरोना बीमाको दाबी भुक्तानी नगर्ने औपचारिक निर्णय नै गरेका हुन् । सरकारले बजेट निकासी नगर्दा कम्पनीहरूले वैशाख यता नै कोरोना बीमाको दाबी भुक्तानीमा ढिलाइ […]

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल परीक्षण उडान सम्पन्न

अर्थ राजनीति  ~   निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उडान र अवतरणका लागि तयार भएको छ । विमानस्थलमा उडान र अवतरण गर्न चाहिने आवश्यक उपकरण प्रविधि जडान गरेर परीक्षण समेत गरिएको छ । उडान र अवतरण गर्न चाहिने सबै उपकरण जडानपछि ग्राउण्ड परीक्षण समेत गरिएको आयोजना प्रमुख इन्जिनियर प्रवेश अधिकारीले जानकारी दिनुभयो । कोभिड संक्रमणका कारण थाइ […]

घट्दै फोरजीका प्रयोगकर्ता, ९१ प्रतिशत जनताको पहुँचमा इन्टरनेट

अर्थ राजनीति  ~  पछिल्लो समय नेपालमा  फोरजीका ग्राहक घट्न थालेका छन् । केही महिना अगाडिसम्म उल्लेख्य मात्रामा थपिएका ग्राहक पछिल्लो समय घट्न थालेका हुन् । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७७/७८ को १० महिना (गत साउनदेखि जेठ मसान्तसम्म) को तथ्याङ्कअनुसार गत वैशाखको तुलनामा जेठमा प्रयोगकर्ता घटेको पाइएको हो ।  प्राधिकरणको तथ्याङ्कअनुसार वैशाख […]

धितोपत्र बोर्डलाई अर्थ मन्त्रालयले सोध्यो स्पष्टीकरण

अर्थ राजनीति  ~  भित्री सूचनाको आधारमा सेयर कारोबार  (इन्साइडर ट्रेडिङ) को आरोप लागेपछि नेपाल धितोपत्र बोर्डलाई अर्थ मन्त्रालयले स्पष्टीकरण सोधेको छ । बोर्डका अध्यक्ष भिष्मराज ढुगानाकी छोरीको नाममा सर्वोत्तम सिमेन्टको सेयर रहेको फेला परेपछि अर्थले यस्तो स्पष्टीकरण सोधेको हो । बुक बिल्डिङ मार्फत नेपालमै पहिलो पटक सर्वोत्तमले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने तयारी गरिरहेको बेला […]

निगमको निजीकरण प्रक्रिया अघि नबढाउन सर्वोच्चको अन्तरिम आदेश

अर्थ राजनीति ~  वायुसेवा निगमको निजीकरणको कामलाई यथावस्थामा राख्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । अधिवक्ता आतिस कार्कीले दायर गरेको रिट निवेदनमा न्यायाधीश कुमार रेग्मीको एकल इजलासले सो आदेश जारी गरेको हो । आदेशमा भनिएको छ, ‘दुवै पक्षको छलफलबाट अन्तरिम आदेश सम्बन्धमा निर्णय हुन अघि नेपाल वायुसेवा निगमलाई निजीकरण गर्ने सम्बन्धी सम्पूर्ण कार्य […]

बुद्ध एयरले पोखराबाट नेपालगञ्जको सिधा उडान शुरु गर्दै

अर्थ राजनीति  ~  पोखराबाट नेपालगञ्जका लागि सिधा उडान हुने भएको छ । बुद्ध एयरले आउँदो १७ साउनदेखि पोखराबाट नेपालगञ्जको सिधा उडान गर्न लागेको छ । सुरुवातमा बुद्ध एयरले साताको तीन दिन अर्थात् आइतबार, बुधबार र शुक्रबार उडान गर्नेछ । अलिक समयपछि यात्रुको मागअनुसार बुद्ध एयरले दैनिक उडान गर्ने योजना पनि बनाएको बुद्ध एयरले जनाएको छ […]

टेलिकममा आन्दोलन चौथो दिन पनि कायमै

अर्थ राजनीति   ~  ४ दिनदेखि नेपाल टेलिकमका कर्मचारीहरु आन्दोलित छन् । नेपाल टेलिकमको सञ्चालक समितिले पारित गरेको कर्मचारी विनियमावलीप्रति असन्तुष्ट कर्मचारी युनियनहरुले कम्पनीको आम्दानी खस्किएको र ठूला परियोजनामा भएका लगानीले प्रतिफल दिन नसकेको लगायतका मुद्दा पनि उठाएका छन् । मंगलबार साँझ धर्नामा बसेका कर्मचारीले रातभर प्रवन्ध निर्देशक (एमडी) डिल्लीराम अधिकारीलाई कार्यकक्षमै थुनेका थिए । बुधबार […]

ह्याकरको कल: ‘योर सिस्टम ह्याज बिन ह्याक्ड’, बैंकिङमा आतङ्क

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकका प्रबक्ता देवकुमार ढकाललाई बिहीबार बिहान  ७ बजेतिर एउटा अन्तर्राष्ट्रिय कल आयो। उताबाट अंग्रेजीमा ५ वटा शब्द भनेर फोन काटियो।’योर सिस्टम ह्याज बिन ह्याक्ड’ भनेर फोन काटियो। अघिल्लो दिन नै ह्याकरले पठाएको पत्र भन्दै बैंकिङ क्षेत्रमा ‘भाइरल’ भइसकेको थियो। त्यही भएर ढकालले हतारहतार आफ्नो आइटी (सूचना प्रविधि) विभागलाई फोन कलका […]

पाँच जेटस्ट्रिम विमान थपेर सेवा गर्दै गुण एयरलाइन्स

अर्थ राजनीति  ~  गुण एयरलाइन्सले आगामी असोजबाट उडान गर्ने भएको छ । बिहीबार यती समूहले जेटस्ट्रिम सिरिजका विमान हस्तान्तरण गरेसँगै गुणले ७ वटा विमानका साथ आन्तरिक उडानमा बलियो उपस्थिति जनाउने भएको हो । यती समूहमा रहेका पाँचवटा जेटस्ट्रिम सिरिजका विमान गुण एयरलाइन्सको नाममा हस्तान्तरण भएको गुण समूहका अध्यक्ष राजेन्द्र शाक्यले बताए । उडान अनुमति, आन्तरिक […]

वायुसेवा निगमको निजीकरणबारे मन्त्रालयका प्रवक्ताको प्रष्टोक्ति

अर्थ राजनीति  ~  नेपाल वायु सेवा निगमलाई निजीकरण गर्न खोजेको भन्दै कर्मचारीहरु आन्दोलित भएका छन् । सरकारले बजेटमा घोषणा गरेअनुसार निगमलाई कम्पनी मोडलमा रूपान्तरण गर्न सकिने सम्भावनाबारे अध्ययन सुरु गरेको छ । सामान्यतया सरकारले घाटामा गएका सार्वजनिक संस्थान निजीकरण गर्न चासो राख्ने गरेको पाइन्छ । घाटामा गएका संस्थानलाई सरकारले निजीकरण गर्नु नै उपयुक्त विकल्पका रुपमा […]