बुद्ध एयरले पोखराबाट नेपालगञ्जको सिधा उडान शुरु गर्दै

Machchapuchchre

अर्थ राजनीति  ~  पोखराबाट नेपालगञ्जका लागि सिधा उडान हुने भएको छ । बुद्ध एयरले आउँदो १७ साउनदेखि पोखराबाट नेपालगञ्जको सिधा उडान गर्न लागेको छ । सुरुवातमा बुद्ध एयरले साताको तीन दिन अर्थात् आइतबार, बुधबार र शुक्रबार उडान गर्नेछ । अलिक समयपछि यात्रुको मागअनुसार बुद्ध एयरले दैनिक उडान गर्ने योजना पनि बनाएको बुद्ध एयरले जनाएको छ । यस उडानबाट दुवै उपमहानगरपालिकाका जनता लभान्वित हुनेछन् । उडानबाट यी दुवै ठाउँको पर्यटकीयस्थलमा पनि चहलपहल बढ्ने बुद्ध एयरका बजार निर्देशक रूपेश जोशीले बताए । उनका अनुसार नेपालगञ्जबाट केही घण्टाको दूरीमा रहेको बर्दिया राष्ट्रिय निकुञ्ज तथा कर्णाली चिसापानीतिर पनि पर्यटकीय मुभमेन्ट हुने हाम्रो विश्वास छ । साथै, नेपालगञ्जका बासिन्दा पनि पर्यटकीय शहर पोखरा तथा वरिपरिका तालतलाउ तथा हिमाल शृंखलाको आनन्द लिन सक्छन् । यस उडानबाट नेपालगञ्ज नजिक रहेका भारतीय शहरहरू लखनउ, कानपुर लगायत गन्तव्यका पर्यटकहरू पनि लाभान्वित हुने बुद्ध एयरले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्