एमसीसीविरुद्ध बोल्दा विद्यार्थीलाई गिरफ्तार गरी झुटा मुद्दा लगाइएको भन्दै क्रान्तिकारीद्वारा विरोध

काठमाडौँ । अनेरास्ववियु (क्रान्तिकारी)ले सीमा अतिक्रमण र एमसीसी सम्झौताको विरोध गरेकै कारण आफ्ना नेता–कार्यकर्ता गिरफ्तार गरेको भन्दै आपत्ति जनाएको छ । संगठनले भृकुटीमण्डपमा गर्न लागेको विरोध प्रदर्शनको क्रममा प्रहरीले हस्तक्षेप गरी गिरफ्तार विद्यार्थीलाई मुद्दा चलाएको भन्दै घोर भत्सर्ना गरेको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीकी क्याम्पस जिल्ला समितिकी अध्यक्ष तारा संजाल […]

नेपाली कांग्रेसले ४४ औं मेलमिलाप दिवस मनाउँदै

काठमाडौं । नेपाली कांग्रेस र उसका भ्रातृसंस्थाहरुले ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’ मनाउँदै छन् । पार्टीका संस्थापक बीपी कोइरालालगायतका नेता लामो निर्वासन अन्त्य गरी स्वदेश फर्किएको दिन पुस १६ गतेलाई हरेक वर्ष ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’का रुपमा मनाउँदै आएको छ । यसै सन्दर्भमा कांग्रेसले बुधबार ७७ वटै जिल्लामा आमसभा, गोष्ठी, र्‍याली, कोणसभालगायतका कार्यक्रम गरी ४४औँ […]

यी हुन् नेपाल भ्रमण वर्ष २०२० को उद्घाटनले प्रभावित हुने सडक

काठमाडौं । आजदेखि शुरु भएको नेपाल भ्रमण वर्ष २०२० को सम्पूर्ण तयारी पूरा गरेको सरकारले दिउँसो भव्य कार्यक्रमको आयोजना गरेको छ । नेपाल भ्रमण वर्षलाई सरकारले राष्ट्रिय महोत्सवकै रुपमा मनाउन लागेको भएकाले पनि यसको तामझाम धेरै छ । नेपाल भ्रमण वर्ष २०२० को औपचारिक उद्घाटन आज काठमाडौंको दशरथ रङ्गशालामा हुनेछ । राष्ट्रपति विद्या भण्डारीको उपस्थितिमा हुने […]

भ्रमण वर्षको उद्घाटनमा सहभागी हुन चार देशका पर्यटन मन्त्री काठमाडौंमा

काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन कार्यक्रममा सहभागी हुन विभिन्न चार देशका पर्यटन मन्त्रीहरु काठमाडौं आइपुगेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईका अनुसार नेपाल भ्रमण २०२० को उदघाटन् समारोहमा सहभागी हुन चीनका पर्यटन मन्त्री वाङ सियोफिङ, भारतका प्रल्हादसिंह पटेल, जमैकाका एडमण्ड बार्टलेट, र म्यानमारका यू ओन मौग काठमाडौँ आएका […]

एमसीसी सम्झौता तत्काल संसदबाट अनुमोदन गर्न कांग्रेसको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अन्तर्गत अमेरिकी सरकारबाट प्राप्त हुने अनुदान सहयोग सम्बन्धी सम्झौता तत्काल संसदबाट अनुमोदन गर्न माग गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पत्रकार सम्मेलनमा एमसीसीबारे कांग्रेसको आधिकारिक धारणा सार्वजनिक गर्दै सो सम्झौता तत्काल संसदबाट पास गर्न माग गरेका हुन् । पत्रकार सम्मेलनपछि कांग्रेसले जारी गरेको […]

प्रतिनिधिसभामा सत्तारूढ दलकै व्यक्ति सभामुख बन्छ – गोकुल बाँस्कोटा

कञ्चनपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रतिनिधिसभामा सत्तारूढ दलकै व्यक्ति सभामुख पदमा आउने बताएका छन् । कञ्चनपुरको भीमदत्तनगरमा आज बिहान प्रेस सङ्गठन कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले अन्य दललाई यो पद नदिने सङ्केत गरे । ‘सत्तापक्षमै सभामुख हुने व्यक्ति छँदैछन्’, मन्त्री बाँस्कोटाले भने, ‘सत्तापक्षका उच्चस्तरका नेताबीच सम्भवतः यो पदका विषयमा सहमति भइसकेको […]

ल्होसारको उपलक्ष्यमा प्रधानमन्त्री ओलीले दिए शुभकामना

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तमु (गुरुङ) समुदायको नयाँ वर्ष तथा प्रमुख चाड तमु ल्होछारको अवसरमा स्वदेश तथा विदेशमा रहेका दिदीबहिनी दाजुभाइमा सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन् । ल्होछारका अवसरमा आज दिएको शुभकामना सन्देशमा उनले तमु ल्होछार पर्वले तमु समुदायलगायत सम्पूर्ण नेपालीहरूको बीचमा हार्दिकता, धार्मिक सहिष्णुता […]

सुदूरपश्चिममा आज धुमधामसँग पुसे १५ मनाइँदै

बैतडी । आज (मंगलबार) पुस १५, सुदूरपश्चिममा ‘ठूलीरात’ तथा ‘पुसे १५’ धुमधामसँग मनाइँदैछ । पुस १५ को रात सबैभन्दा लामो हुने भएकाले आजको रातलाई ठूलीरात मानी राति मिठा–मिठा खानेकुरा खाएर रमाइलो गरी जाग्राम बस्ने, देउडा खेल्ने तथा बिहान उज्यालो नहुँदै नुहाइधुवाई गर्ने चलन रहेको पण्डित दयाकृष्ण पन्तले बताए । उनले भने, ‘रातभरि दन्त्यकथा, कहानी (स्थानीय […]

सूचना प्रविधि विधेयकबारे गगन थापाको टिप्पणी – बहुमतले बैधानिक हक देला तर बैधता दिँदैन

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संवैधानिक हकविरुद्ध भएको बताएका छन् । विधेयक विकास तथा प्रविधि समितिबाट पारित भएसँगै सामाजिक सञ्जाल फेसबुकमा लाइभ गर्दै विधेयकले नागकिको अभिव्यक्ति स्वतन्त्रताको हक खोसिने कडा टिप्पणी गरेका हुन् । उनले विधेयक संसदीय समितिबाट पारित भए पनि संसदबाट यही स्वरुपमा पारित हुन […]

आज कहाँ-कहाँ छ सार्वजनिक बिदा ? हेर्नुहोस बिस्तृतमा

पोखरा । सरकारले पुष १५ गते अर्थात आज मंगलवार सार्वजनिक बिदा दिने निर्णय गर्फेको छ। गण्डकी प्रदेशले एक सुचना जारी गर्दै पुस १५ गते भोलि सार्वजनिक बिदा दिने भएको हो । गण्डकी प्रदेश सरकारले ‘तमु ल्होसार’को अवसरमा सार्वजनिक मंगलबार बिदा दिने निर्णय गरेको हो । गुरुङ समुदायको महत्वपूर्ण पर्व तमु ल्होसार’को अवसरमा पुस १५ गते […]