आज कहाँ-कहाँ छ सार्वजनिक बिदा ? हेर्नुहोस बिस्तृतमा

Machchapuchchre

पोखरा । सरकारले पुष १५ गते अर्थात आज मंगलवार सार्वजनिक बिदा दिने निर्णय गर्फेको छ। गण्डकी प्रदेशले एक सुचना जारी गर्दै पुस १५ गते भोलि सार्वजनिक बिदा दिने भएको हो । गण्डकी प्रदेश सरकारले ‘तमु ल्होसार’को अवसरमा सार्वजनिक मंगलबार बिदा दिने निर्णय गरेको हो । गुरुङ समुदायको महत्वपूर्ण पर्व तमु ल्होसार’को अवसरमा पुस १५ गते सार्वजनिक बिदा दिने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्र रामशरण बस्नेतले बताए ।

गण्डकी प्रदेश अन्तरगतका मुस्ताङ, म्याग्दी, बाग्लुङ, पर्वत, कास्की, स्याङ्जा, तनहुँ, लमजुङ, मनाङ, गोरखा र नवलपुरका सबै सरकारी कार्यालयमा मंगलबार बिदा हुने भएको छ । गण्डकी प्रदेश सरकारले ‘तमु ल्होसार’मा गत वर्ष पनि सार्वजनिक बिदा दिएको थियो ।

तमुहरुको उद्गम थलो मानिने गण्डकी प्रदेशलाई गण्डकी सरकारले विदाको घोषणा गरेको हो । प्रदेश सरकारलाई त्यस्ता विशेष अवसरमा वर्षको ६ दिन बिदा दिन पाउने व्यवस्था सुरुवात ल्होसारबाट गरिएको गण्डकी प्रदेश सरकारको भनाइ छ । शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले ल्होसारका दिन बिदा दिने निर्णय गरेको हो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पुस ११ गते लमजुङ घलेगाउँमा भएको एक कार्यक्रममा ल्होसारमा बिदा दिने बताएका थिए । त्यसको दुई दिनपछि मुख्यमन्त्री गुरुङले मन्त्रिपरिषदको बैठकबाट औपचारिक निर्णय गराएका हुन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्