भ्रमण वर्षको उद्घाटनमा सहभागी हुन चार देशका पर्यटन मन्त्री काठमाडौंमा

Machchapuchchre

काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन कार्यक्रममा सहभागी हुन विभिन्न चार देशका पर्यटन मन्त्रीहरु काठमाडौं आइपुगेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईका अनुसार नेपाल भ्रमण २०२० को उदघाटन् समारोहमा सहभागी हुन चीनका पर्यटन मन्त्री वाङ सियोफिङ, भारतका प्रल्हादसिंह पटेल, जमैकाका एडमण्ड बार्टलेट, र म्यानमारका यू ओन मौग काठमाडौँ आएका हुन्।

नयाँ वर्षको पहिलो दिन जनवरी १ अर्थात पुस १६ गते बुधबार नेपाल भ्रमण वर्ष २०२० को औपचारिक शुभारम्भ गरिने कार्यक्रम छ । भ्रमण वर्ष सचिवालयकाअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले दशरथ रंगशालामा भ्रमण वर्ष अभियानको उद्घाटन गर्नेछिन् भने त्यस अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

भ्रमण वर्षको उद्घाटन भव्यरुपमा गरिने भ्रमण वर्ष सचिवालयले जनाएको छ । सरकारी दावीअनुसार भ्रमण वर्ष उद्घाटनको सम्पूर्ण तयारी पनि पूरा गरिसकेको छ । भ्रमण वर्षसँगै २०२० देखि २०३० सम्मलाई पर्यटन दशकको रुपमा मनाउने तयारीमा जुटेको नेपाल सरकारले पर्यटकलाई आकर्षित गर्न कत्तिको सक्ला ? समग्र बहसको विषय बनेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्