जेलनेल भोगेको थारुको छोरोलाई फसाइनु गलत – कांग्रेस प्रवक्ता शर्मा

काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको प्रभावमा परेर अख्तियारले उपसभापति विजयकुमार गच्छदारमाथि विशेष अदालतमा मुद्दा हालेको आरोप लगाएको छ । बिहीवार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले गच्छदारमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दर्ता गरेको मु’द्दालाई पूर्वाग्रहपूर्ण र राजनैतिक वदनियतले प्रेरित रहेको बताएका हुन् । ‘पिछडिएको थारु समुदायको प्रतिनिधित्व गर्दै […]

चीनमा रहेका नेपाली ल्याउन अझै हप्ता दिन लाग्ने, कार्ययोजना बनाउन बल्ल समिति गठन

काठमाडौं । चीनको कोरोना भाइरस प्रभावित क्षेत्रमा रहेका नेपालीलाई स्वदेश ल्याउन अझै एक साताको समय लाग्ने भएको छ । स्वदेश ल्याउने नेपालीलाई राख्ने सुरक्षित स्थानको व्यवस्थापन नहुँदा उनीहरुलाई ल्याउन अझै एक साता लाग्न सक्ने प्रधानमन्त्री प्रेस सल्लाहकार सूर्य थापाले खबरहबलाई जानकारी दिए । चीनको कोरोना भाइरस प्रभावित क्षेत्रमा रहेका नेपाली ल्याउने विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा […]

गच्छदारलाई मुद्दा चलाएको भन्दै काँग्रेसले गर्‍यो संसद अवरुद्ध

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रतिनिधि सभा बैठक अवरुद्ध गरेको छ । काँग्रेसले आफ्ना नेता तथा सांसद विजयकुमार गच्छदारलाई राजनीतिक पूर्वाग्रहका आधारमा अख्तियारले मुद्दा चलाएको भन्दै त्यसलाई अस्वीकार गर्ने बताएको हो । बिहीबारको बैठकको सुरुमा काँग्रेस सांसद पुष्पा भुषालले राजनीतिक पूर्वाग्रहका आधारमा गच्छदारविरुद्ध अख्तियारले मुद्दा दायर गरेकाले त्यसको विरोध गर्दै संसद बैठक अवरुद्ध […]

ललिता निवास प्रकरणमा मन्त्री दोषी तर प्रधानमन्त्री निर्दोष देखिँदा असहज महसूस भयाे – डा भट्टराई

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं संघीय समाजवादी पार्टी नेपालका अध्यक्ष डा बाबुराम भट्टराईले ललिता निवास प्रकरणमा आफूले असहजता महसुस गरेको बताएका छन् । पूर्व प्रधानमन्त्री डा भट्टराईले देशमा व्याप्त भ्रष्टाचाररुपी क्यान्सरको एउटा अंश ललिता निवास प्रकरणमा अख्तियारको प्रयत्न स्वागतयोग्य भएको बताएका छन् । तर यसमा कतिपय त्रुटि र अपूर्णता देखिएको उनको भनाइ छ । ‘हाम्रा […]

नेकपा अध्यक्ष प्रचण्ड र बेलायती राजदूतबीच शिष्टाचार भेट, यस्तो भयो कुराकानी

काठमाडौं । नेपालका लागि बेलायतकी नवनियुक्त राजदूत निकोला पोलिटले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेटवार्ता गरेकी छन् ।प्रचण्ड निवास खुमलटारमा बिहीबार बिहान भएको भेटवार्तामा सदियौँदेखिको दुई देशको सम्बन्ध, नेपाली राजनीति, आर्थिक विकास र नेपालको शान्ति प्रक्रियाका बारेमा छलफल भएको थियो । भेटमा अध्यक्ष प्रचण्डले नेपालको विकासमा बेलायत र बेलायती जनताले […]

प्रतिनिधिसभा बैठक आज बस्दै : यस्ता छन् मुख्य एजेन्डा

काठमाडौं । संघीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक आज बस्ने भएको छ । बैठक बिहीबार दिउँसो १ बजे बस्न लागेको संघीय संसदका निमित्त महासचिव गोपालनाथ योगीले बताएका छन् । बैठकमा कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति पूर्णकुमारी सुवेदीले ’बिउ बिजन (दोस्रो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०७६’ पेश गर्ने कार्यसूची रहेको छ। यस्तै बैठकमा गृहमन्त्री रामबहादुर […]

बाबुराम भट्टराई र माधव नेपाल ललितानिवास प्रकरणमा कसरी जोगिए ?

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितानिवास जग्गा जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईविरुद्ध मुद्दा नचल्ने निर्णय गरेको छ । सरकारी तथा सार्वजनिक जगगा व्यक्तिको नाममा गर्न सरकारका विभिन्न मन्त्रालय र निकायहरुबाट भएका गैह्रकाननूनी कार्यलाई वैधानिकता दिलाउने प्रस्तावमा नेपाल र भट्टराई नेतृत्वको मन्त्रपरिषदबाट निर्णय भएको पाइएको छ । सर्वोच्चको विशेष इजलासले १८ […]

कांग्रेस उपसभापति तथा संसदीय दलका उपनेता गच्छदार सांसदबाट स्वतः निलम्बित

काठमाडौं । कांग्रेस उपसभापति तथा संसदीय दलका उपनेता बिजयकुमार गच्छदार प्रतिनिधिसभा सदस्यबाट स्वतः निलम्बित भएका छन् । ललितानिवास जग्गा प्रकरणमा गच्छदारविरुद्ध अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै उनी प्रतिनिधिसभा सदस्यबाट स्वतः निलम्बित भएका हुन् । प्रधानमन्त्री निवास विस्तार गर्ने निर्णय गर्दा बालुवाटारको सरकारी जग्गा नक्कली मोही खडा गरेर व्यक्तिको नाममा सारिएको घटनामा उनी दोषी […]

पर्वतीय पर्यटनबाट आर्थिक समृद्धि हासिल गर्न सकिन्छ -प्रचण्ड

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा पर्वतीय पर्यटनका माध्यमबाट आर्थिक समृद्धि हासिल गर्न सकिने बताएका छन् । नेपाल पर्वतारोहण सङ्घद्वारा अन्तरराष्ट्रिय पर्वतीय सङ्ग्रहालय परिसरमा आयोजित विश्व शान्ति पूजाको समापन एवम् सङ्घको १७औँ वार्षिकोत्सवका अवसरमा मंगलबार आयोजित कार्यक्रममा उनले पर्वतीय पर्यटनको उपयोग गर्दै देशमा आर्थिक समृद्धि एवम् विकास गर्न […]

कोरोना भाइरसले भ्रमण वर्षमा ठेस लाग्यो, त्रसित हुनुपर्ने अवस्था छैन- प्रचण्ड

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल पर्यटन भ्रमण वर्षलाई कोरना भाइरसले ठेस पुर्‍याएको बताएका छन् । पोखरामा पर्वतारोहण संघले गरेको शान्ति पूजाको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले उत्साह, उच्च आकांक्षा लिएर नेपाल पर्यटन भ्रमण वर्ष मनाइरहेको अवस्थामा कोरनाले ठेस पुर्‍याएको बताएका हुन् । ‘कोरोना भाइरसले ठेस पक्कै पनि लागेको […]