कोरोना भाइरसले भ्रमण वर्षमा ठेस लाग्यो, त्रसित हुनुपर्ने अवस्था छैन- प्रचण्ड

Machchapuchchre

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल पर्यटन भ्रमण वर्षलाई कोरना भाइरसले ठेस पुर्‍याएको बताएका छन् ।

पोखरामा पर्वतारोहण संघले गरेको शान्ति पूजाको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले उत्साह, उच्च आकांक्षा लिएर नेपाल पर्यटन भ्रमण वर्ष मनाइरहेको अवस्थामा कोरनाले ठेस पुर्‍याएको बताएका हुन् ।

‘कोरोना भाइरसले ठेस पक्कै पनि लागेको छ । तुरुन्तै नियन्त्रणमा आउँछ । चीन सरकारले चामत्कारिक हिसाबले अस्पताल बनाउने र भ्याक्सिन पत्ता लगाउने प्रक्रिया अगाडि बढाइसकेको छन्,’ प्रचण्डले भने, ‘नेपालमा कोरना भाइरसको संक्रमण देखिएको छैन ।

नेपाल सरकारले उद्धारको पहलकदमी लिइसकेको छ । त्रसित हुनुपर्ने अवस्था छैन । चीनमा पनि छिट्टै नियन्त्रण हुन्छ ।’ नेपालमा कोरोनाबाट त्रसित हुनुपर्ने अवस्था छैन भन्ने सन्देश प्रवाह गर्दै भ्रमण वर्षलाई सफल पार्न योगदान गर्नुपर्ने प्रचण्डको भनाइ छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्