वडाध्यक्ष हत्या प्रकरण- अनुसन्धानका लागि ७ प्रहरी नियन्त्रणमा

काठमाडौँ । विनायक नगरपालिका–२ का वडाध्यक्ष पदमाबहादुर धामी हत्याबारे घटनास्थलको सघन अनुसन्धान शुरु भएको छ । अछाम–जिल्ला प्रहरी कार्यालय अछामका अनुसार काठमाडौंबाट आएको सिआइबीको टोली र धनगढीबाट आएको कुकुरसहितको टोलीले घटनास्थलको अनुसन्धान शुरु गरेको हो । मङ्गलबार बिहानदेखि मृतक वडाध्यक्ष धामीको शव र घटनास्थललाई नियन्त्रणमा लिई प्रारम्भिक अनुसन्धान शुरु गरिएकामा आज बिहान ७ बजेदेखि कुकुर […]

राष्ट्रिय सहमतिका साथ गुठी विधेयक ल्याउने तयारी भइरहेकाे छ – मन्त्री मानन्धर

काठमाडौं। सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले राष्ट्रिय सहमति सहित गुठी विधेयक ल्याउने तयारीमा सरकार रहेको बताएका छन् । बुधबार काठमाडौंको दक्षिणी क्षेत्र छैमलेमा आयोजित एक कार्यक्रममा मन्त्री मानन्धरले सबै नागरिकले स्वामित्व ग्रहण गर्नेगरी विधेयक ल्याउने तयारीमा सरकार रहेको बताएका हुन् । नेपालको संविधानको अनुसुचि ८ र ९ अनुसार स्थानीय सरकारलाई उप्यकाको साँस्कृतिक गुठी सञ्चालनको अधिकार […]

प्रधानन्याधीशले संवैधानिक इजलास गठन नगरेपछि सभामुखविरुद्धकाे मुद्दामा सुनुवाई नहुने

काठमाडौँ । सभामुख अग्नि सापकोटाविरुद्ध परेको कर्तव्य ज्यान सम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा बुधबार सुनुवाई नहुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले बुधबार संवैधानिक इजलास गठन नगरेपछि सापकोटा विरुद्धको मुद्दामा सुनुवाई नहुने भएको हो । यसअघि नै माघ २२ गते अर्थात बुधबार सापकोटाविरुद्धको मुद्दामाथि संवैधानिक इजलासमा सुनुवाई हुने गरी प्रधानन्यायाधीश जबराले पेशी तोकेका थिए । […]

अर्थमन्त्री डा. युवराज खतिवडाले वाफिया सहित चार आर्थिक विधेयक संसदमा पेश

अर्थ राजनीति ।  अर्थमन्त्री डा. युवराज खतिवडाले वाफियासहित चार विधेयक संसदमामा पेश गरेका छन् । अर्थमन्त्री डा. युवराज खतिवडाले प्रतिनिधिसभाको मंगलबारको बैठकमा छलफलको सार्बजनिक ऋण ब्यबस्थापन विधयेक २०७६, बैंक तथा वित्तीय संस्था सम्बन्धि (पहिलो संशोधन) विधयेक २०७६, नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधयेक २०७६ र धितोपत्र सम्बन्धि (पहिलो संशोधन) विधयेक २०७६ संसदमा पेश गरेका हुन् […]

अमेरिकामा राष्ट्रपति चुनावका लागि उम्मेद्वार छनौट सुरु, डेमोक्र्याटिक पार्टीमा बुटजजको अग्रता

काठमाडौं । अमेरिकामा आउँदो नोभेम्बरमा हुन लागेको राष्ट्रपति चुनावको उम्मेद्वार चुनिने प्रक्रिया सुरु भएको छ । नेपाली समय अनुसार मंगलबार बिहान भएको मदान प्रक्रियाको नतिजा समेत आउन थालेको छ । ६० प्रतिशत भन्दा बढी मत गणना हुँदा डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेद्वार बन्ने होडमा रहेका मध्ये सबैभन्दा कम उमेरका पिट् बुटजजले अग्रता बनाएका छन् । डेमोक्र्याटिक […]

चीनबाट ल्याउने नेपाली राख्ने स्थान टुंग्याउँदैछौं – स्वास्थ्य मन्त्री ढकाल

काठमाडौं । स्वास्थ्य मन्त्री भानुभक्त ढकालले चीनबाट ल्याइने नेपालीलाई राख्ने स्थानको खोजिको अन्तिम टुंगोमा पुगेकाे बताएका छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै स्वास्थ्य मन्त्री ढकालले चीनमा रहेका नेपालीलाई स्वदेश ल्याउन गम्भिर भएर लागेको बताए । चीनबाट ल्याइने नेपालीलाई कहाँ राख्ने भन्ने टुंगो लगाउन अन्तिम प्रयासमा रहेको उनले बताए । ‘चीनमा रहनुभएका विद्यार्थीलाई ल्याउने विषय […]

८ लाख ठगी गरेको भन्दै कांग्रेस सांसदविरुद्ध संसद सचिवालयमै उजुरी दर्ता

काठमाडौं । नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्य (सांसद) रहेकी पार्वता डिसी चौधरीविरुद्ध संघीय संसद सचिवालयमै ठगी गरेको भन्दै उजुरी परेको छ । चौधरीले आफूहरुसँग एक पटक ३ लाख र अर्को पटक ५ लाख गरी ८ लाख रुपैयाँ लिएको, तर फिर्ता नगरेको भन्दै दाङका कृष्णराज पाण्डे र लिलाबहादुर थापाले संसद सचिवालयमा उजुरी दर्ता गरेका हुन् । सांसद […]

सभामुख सापकोटा र जापानी राजदूतबीच भेटवार्ता, के-के भयो कुराकानी ?

काठमाडौँ । नेपालका लागि जापानी राजदूत मासामिची साइगोले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटासँग भेटवार्ता गरेका छन् । मंगलबार बिहान सभामुखको कार्यकक्षमै पुगेर राजदूत साइगोले उनसँग भेटवार्ता गरेका हुन् । भेटमा राजदूत साइगोले नेपालको आर्थिक, सामाजिक, सुशासन र प्रविधिको क्षेत्रमा सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । विशेष गरी नेपालमा प्रविधि र तालिमका लागि जापानले सहयोग गर्ने उनले […]

म्यानमारसहित ६ देशमाथि भिसा प्रतिबन्ध लगाउने ट्रम्पको घोषणा

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले म्यानमारसहित ६ मुलुकका लागि भिसा प्रतिबन्ध लगाउने घोषणा गरेका छन् । अमेरिकाले एक विज्ञप्ति जारी गर्दै म्यानमारसहित ६ देशका नागरिकमाथि अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउने घोषणा गरेको हो । विज्ञप्तिमा जनाइएअनुसार म्यानमार, इरिटेरिया, क्रिग्रिस्तान, नाइजेरिया, सुडान र तान्जिनियामाथि भिसा प्रतिबन्ध लगाउने घोषणामा राष्ट्रपति ट्रम्पले हस्ताक्षर गरेका हुन् । भिसा प्रतिबन्ध लागेसँगै अमेरिकी […]

संविधान संशोधनका लागि दबाबमूलक आन्दोलन गर्छौं – उपेन्द्र यादव

काठमाडौं । समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले वर्तमान संविधान संशोधनको लागि आफूहरुले दबाबमूलक आन्दोलन गर्ने बताएका छन् । उदयपुरको गाईघाटमा प्रदेश नम्बर १ स्तरीय समाजवादी पार्टीको दुईदिने कार्यकर्ता प्रशिक्षण सम्पन्न भेलालाई सम्बोधन गर्दै अध्यक्ष यादवले अब समाजवादी पार्टीले वर्तमान संविधान संशोधनको लागि शान्तिपूर्ण आन्दोलनको अभियान शुरु गर्ने बताएका हुन् । विगतमा हाल […]