सभामुख सापकोटा र जापानी राजदूतबीच भेटवार्ता, के-के भयो कुराकानी ?

Machchapuchchre

काठमाडौँ । नेपालका लागि जापानी राजदूत मासामिची साइगोले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटासँग भेटवार्ता गरेका छन् । मंगलबार बिहान सभामुखको कार्यकक्षमै पुगेर राजदूत साइगोले उनसँग भेटवार्ता गरेका हुन् ।

भेटमा राजदूत साइगोले नेपालको आर्थिक, सामाजिक, सुशासन र प्रविधिको क्षेत्रमा सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । विशेष गरी नेपालमा प्रविधि र तालिमका लागि जापानले सहयोग गर्ने उनले बताए । सभामुख सापकोटासँग यसअघि चीन र भारतका राजदूतहरुले शिष्टाचार भेटघाट गरिसकेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्