८ लाख ठगी गरेको भन्दै कांग्रेस सांसदविरुद्ध संसद सचिवालयमै उजुरी दर्ता

Machchapuchchre

काठमाडौं । नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्य (सांसद) रहेकी पार्वता डिसी चौधरीविरुद्ध संघीय संसद सचिवालयमै ठगी गरेको भन्दै उजुरी परेको छ ।

चौधरीले आफूहरुसँग एक पटक ३ लाख र अर्को पटक ५ लाख गरी ८ लाख रुपैयाँ लिएको, तर फिर्ता नगरेको भन्दै दाङका कृष्णराज पाण्डे र लिलाबहादुर थापाले संसद सचिवालयमा उजुरी दर्ता गरेका हुन् ।

सांसद चौधरीविरुद्ध उजुरी दर्ता गर्ने पाण्डे बाँकेको तत्कालीन गढवा गाविसका कांग्रेस पार्टीको उपसभापति भइसकेका व्यक्ति हुन् । पाण्डे र थापाद्वारा दायर गरिएको उजुरीमा सांसद चौधरीले २०७४ सालमा शुरुमा ३ लाख पछि ५ लाख गरी ८ लाख रुपैयाँ लिएको, तर पटक पटक आग्रह गर्दा पनि फिर्ता नगरेको उल्लेख गरिएको छ ।

चौधरीले रकम लिएको विषयमा पार्टी भित्रै पनि पटक पटक उजुरी तथा गुनासो दर्ता गराउँदा पनि कुनै सुनुवाई नभएको उनीहरुको भनाइ छ । सांसद चौधरी आफूहरुको सम्पर्कमा आउन नचाहेको उल्लेख गर्दै उनलाई झिकाएर आफ्नो रकम दिलाइदिन उजुरीमा माग गरिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्