क्यानडाका सभामुख नेतृत्वको टोलीद्वारा राष्ट्रियसभाको अवलोकन

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको निमन्त्रणामा नेपाल भ्रमणमा रहेको क्यानडाको उपल्लो सदन(सिनेट) का सभामुख जर्ज जे फ्युरी नेतृत्वको संसदीय प्रतिनिधिमण्डले सोमबार राष्ट्रियसभाको अवलोकन गरेको छ । राष्ट्रियसभाको बैठकको सुरुमै अध्यक्ष गणेश तिमिल्सिनाले नेपाल भ्रमणमा रहेको क्यानडाको उपल्लो सदन(सिनेट) का सभामुख जर्ज जे फ्युरी नेतृत्वको संसदीय प्रतिनिधिमण्डललाई बैठकमा स्वागत गरेका थिए । जे फ्युरी नेतृत्वको […]

अमेरिकी राजदूत बेरीले भने – एमसीसीको संशोधित सम्झौता अमेरिकालाई मान्य हुँदैन

काठमाडौँ । नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले अमेरिकन मिलेनियम च्यालेन्ज कर्पोरेसन अन्तर्गतको अनुदान सम्बन्धी संशोधित सम्झौता अमेरिकालाई मान्य नहुने बताएका छन् । राजदूत बेरीले पोखरामा रोटरी इन्टरनेशनलको सम्मेलनमा सम्झौता संशोधन गरी पारित भए अमेरिकाका लागि मान्य नहुने बताए । सत्तारुढ नेकपामा एमसीसी सम्झौतालाई लिएर नेताहरु विभाजित भएपछि यही माघ १९ गते सम्पन्न केन्द्रीय कमिटीको […]

माइतीघर मण्डलामा प्रदर्शन गर्दै कांग्रेसले लगायो नारा- कठै अख्तियार, नेकपासामु लम्पसार

काठमाडौं । नेपाली कांग्रेसले आइतबार पनि माइतीघर मण्डलामा प्रदर्शन गरेको छ । बालुवाटारको ललिता निवासको जग्गा प्रकरणमा राजनैतिक प्रतिशोध र बदनियतपूर्ण मुद्दा लगाइएको भन्दै नेपाल तरुण दल र नेपाल विद्यार्थी संघ (नेविसंघ) लगायत भातृ संगठनले प्रदर्शन गरेका हुन् । नेपाल कम्युनिस्ट पार्टीका नेताहरुलाई उन्मुक्ति दिइएको र अन्यलाई राजनैतिक प्रतिशोध र बदनियतपूर्ण मुद्दा लगाएको आरोप कांग्रेसको […]

गच्छदारविरुद्ध भ्रष्टाचार मुद्दा लगाएको भन्दै कांग्रेसले गर्यो तेस्रो पटक संसद अवरुद्ध

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले तेस्रो पटक पनि संसद वैठक अवरुद्ध पारेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारको इसारामा कांग्रेस नेता गच्छदारविरुद्ध भ्रष्टाचार मुद्दा लगाएको भन्दै कांग्रेसले तेस्रो दिन संसद अवरुद्ध गरेको हो। कांग्रेसले बिहीबार र शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा पनि अवरोध गरेको थियो ।आइतबारको बैठक शुरु हुनासाथ कांग्रेस सांसदहरुले उठेर विरोध जनाएका […]

जता मन लाग्यो त्यतै बाटो खन्ने डोजर संस्कृतिको नियमन आवश्यक – उपप्रधान पोखरेलले

काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले जता मन लाग्यो त्यतै बाटो खन्ने डोजर संस्कृतिको नियमन आवश्यक रहेको बताएका छन् । आइतबार राजधानीमा आयोजित सगरमाथा संवाद कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले वातावरण संरक्षणका लागि डोजर संस्कृतिको नियमन आवश्यक रहेको बताएका हुन । अहिले जलवायु परिवर्तनको चपेटामा मुलुक परेको भन्दै उनले डोजरको बारेमा पनि कार्यक्रममा छलफल आवश्यक […]

बालुवाटारको जग्गामा कानूनी लडाइँ लड्ने एनआरएनकाे निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले ललितानिवासको जग्गा प्रकरणमा अख्तियारले दायर गरेको मुद्दामा कानूनी लडाइँ लड्ने निर्णय गरेको छ । एनआरएनले जग्गा किन्दा परेको रकम फिर्ताका लागि पनि कानूनी उपचार खोज्ने भएको छ । एनआरएन केन्द्रीय कार्यालय भवन रहेको बालुवाटार जग्गा सरकारी ठहर गर्दै अख्तियारले जग्गा फिर्ता प्रयोजनका लागि लागि विशेष अदालतमा मुद्दा दायर गरेको […]

सुशासन कायम राख्न सरकार प्रतिबद्ध छ, विरोध गर्नुको अर्थ छैन – मन्त्री बाँस्कोटा

काभ्रे । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सुशासन कायम राख्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । उनले भने, ‘बालुवाटार जग्गा विषयमा अख्तियारले छानबिन गरी नालीबेली बाहिर ल्याई मुद्दा दर्ता गरेपछि विभेदपूर्ण भयो भन्दै सरकारको विरोध गर्नुको कुनै अर्थ छैन ।’ पनौती नगरपालिका–१ रयाले पर्खालचौरमा शनिबार आयोजित वडा नं १ लाई ‘बालमैत्री स्थानीय शासन वडा […]

सरकार भ्रष्टाचार शून्यमा झार्ने अभियानमा लागेकाे छ – मन्त्री अर्याल

स्याङ्जा । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍माकुमारी अर्यालले भ्रष्टाचार शून्यमा झार्ने सरकारको प्रतिबद्धता भएको दोहोर्‍याएकी छिन् । स्याङ्जाको हरिनास गाउँपालिका स्थित मातृभूमि माध्यामिक विद्यालयको वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री अर्यालले भ्रष्टाचार शून्यमा झार्न सरकार प्रतिवद्ध रहेको बताइन् । मन्त्री अर्यालले भ्रष्टाचार शून्यमा झार्ने सरकारको प्रतिवद्धता अन्तर्गत नै भर्खरै सरकारले अख्तियारमार्फत नयाँ कदम चालेको […]

नेपालमा चिनियाँ शैलीको कम्युनिष्ट शासन सम्भव छैन – खाण

तिलोत्तमा । कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाणले केपी शर्मा ओली नेतृत्वको सरकारले नेपालमा चिनियाँ शैलीको कम्युनिष्ट शासन ल्याउन खोजेको आरोप लगाएका छन् । प्रेस युनियन रुपन्देही शाखाका शनिवार आयोजना गरेको कार्यक्रममा निरंकुशता लाद्न खोजेमा कम्युनिष्ट शासन देशबाट पतन हुने बताए । ‘लोकतान्त्रिक मूल्यमान्यतासँगै प्रेस स्वतन्त्रता र मानवअधिकार सिद्धयाउन लागिपर्ने जोकोही आफै सिद्धिन्छन्,’ खाणले भने, ‘निरंकुश […]

बालुवाटारबाट रञ्जु दर्शनासहित विवेकशीलका जना ११ कार्यकर्ता पक्राउ

काठमाडौं । बालुवाटारस्थित ललितानिवास अगाडि ‘भ्रष्टचारीलाई रेड कार्ड’ अभियान सञ्चालन गर्न पुगेका विवेकशील नेपाली दलका रञ्जु दर्शनासहित ११ जना कार्यकर्तालाई प्रहरीले शनिबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा विवेकशीलका दर्शनासहित संगीता बाटाजु, आलोक सुबेदी, वृतान्त खनाल, शशिविक्रम कार्की, प्रमेश श्रेष्ठ, शिशिर राई, मनिष खनाल, प्रदीप ज्ञवाली, साधना थुलुङ राई र रजीया बानु रहेको दलका उपाध्यक्ष […]