अमेरिकी राजदूत बेरीले भने – एमसीसीको संशोधित सम्झौता अमेरिकालाई मान्य हुँदैन

Machchapuchchre

काठमाडौँ । नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले अमेरिकन मिलेनियम च्यालेन्ज कर्पोरेसन अन्तर्गतको अनुदान सम्बन्धी संशोधित सम्झौता अमेरिकालाई मान्य नहुने बताएका छन् । राजदूत बेरीले पोखरामा रोटरी इन्टरनेशनलको सम्मेलनमा सम्झौता संशोधन गरी पारित भए अमेरिकाका लागि मान्य नहुने बताए ।

सत्तारुढ नेकपामा एमसीसी सम्झौतालाई लिएर नेताहरु विभाजित भएपछि यही माघ १९ गते सम्पन्न केन्द्रीय कमिटीको बैठकले एमसीसीका विषयमा अध्ययन कार्यदल गठन गरेको छ ।

नेकपाका नेता भीम रावल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सदस्य सम्मिलित पूर्वप्रधानमन्त्री समेत रहेको नेकपाका वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा गठित कार्यदलले एमसीसी सम्झौताका प्रावधानबारे अध्ययन गरिरहेको छ । कार्यदलले तथ्यका आधारमा सत्य पत्ता लगाउने जानकारी दिँदै यस विषयमा गृहकार्य जारी राखेको छ ।

एमसीसी परियोजनाअन्तर्गत अमेरिकाले नेपाललाई विद्युत् र सडकका लागि रु ५६ अर्ब सहयोग उपलब्ध गराउनेछ । पाँच वर्षको अवधिमा रकम खर्च गर्नुपर्ने एमसीसीलाई संघीय संसद्ले अनुमोदन गर्नुपर्नेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्