नेपालमा चिनियाँ शैलीको कम्युनिष्ट शासन सम्भव छैन – खाण

Machchapuchchre

तिलोत्तमा । कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाणले केपी शर्मा ओली नेतृत्वको सरकारले नेपालमा चिनियाँ शैलीको कम्युनिष्ट शासन ल्याउन खोजेको आरोप लगाएका छन् । प्रेस युनियन रुपन्देही शाखाका शनिवार आयोजना गरेको कार्यक्रममा निरंकुशता लाद्न खोजेमा कम्युनिष्ट शासन देशबाट पतन हुने बताए ।

‘लोकतान्त्रिक मूल्यमान्यतासँगै प्रेस स्वतन्त्रता र मानवअधिकार सिद्धयाउन लागिपर्ने जोकोही आफै सिद्धिन्छन्,’ खाणले भने, ‘निरंकुश ढंगले जनताका अधिकार बन्चित गराउन सरकार अघि बढेको छ । जनताले निरंकुशता हटाउन र प्रजातन्त्र ल्याउन नखोजेको भए देशबाट राणा शासन र निर्दलीय पञ्चायती व्यवस्था नै जाने थिएन ।’

उनले निरंकुश पद्धती नेपालमा आउन नसक्ने बताए । लोकतान्त्रिक मूल्यमान्यता रक्षाका लागि कांग्रेस जस्तोसुकै मूल्य चुकाउन परेपनि कांग्रेस तयार रहेको खाणले बताए । कम्युनिष्ट सरकार आउनुमा कांग्रेसको कमजोरी मुख्य कारण रहेको खाणको भनाइ छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्