जापानले नेपाललगायतका मुलुकहरुबाट आउने विदेशी नागरिकहरुलाई प्रवेशमा रोक

अर्थ राजनीति ~ जापानले नेपाललगायतका मुलुकहरुबाट आउने विदेशी नागरिकहरुलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको छ । जापानमा कोरोना भाइरसको नयाँ प्रकार भेटिएसँगै सोमबारबाट लागू हुने गरी जापानले विदेशी नागरिकलाई मुलुक प्रवेशमा रोक लगाउने निर्णय गरेको छ । जापानको विदेश मन्त्रालयको अनुसार अहिले लगाइएको प्रतिबन्ध विश्वका अधिकांश मुलुकहरुमा लागू हुनेछ । यो प्रतिबन्ध जनवरीको अन्तिमसम्म कायम […]

नेपाल कम्युनिस्ट पार्टीका दुवै समूह आज बैठक बस्दै

अर्थ राजनीति ~ नेपाल कम्युनिस्ट पार्टीका दुवै समूह आगामी रणनीति तय गर्न आज पनि आन्तरिक बैठकमा व्यस्त हुने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको समूह र पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहको केन्द्रीय नेतादेखि जनवर्गीय संगठनका बैठक बस्ने भएको छ । प्रदेश र स्थानीय तहमा समेत बैठक गरी कार्यकर्ता आफूतर्फ तान्ने […]

प्रदेश १ का तीनजना मन्त्रीले दिए राजिनामा

अर्थ राजनीति ~ प्रदेश १ का अर्थमन्त्री इन्द्र आङ्बोलाई मुख्यमन्त्री शेरधन राईले बर्खास्त गरेको भोलिपल्ट सामाजिक विकास मन्त्री जीवन घिमिरे र दुईजना राज्यमन्त्रीले राजीनामा दिएका छन् । तीनैजनाले राजीनामा पत्रमा हस्ताक्षर गरिसकेका छन । सामाजिक विकास मन्त्री घिमिरेसँगै राजीनामा दिनेहरुमा सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री विजय कुमार विश्वास […]

बागमती प्रदेश सरकारका तीनजना मन्त्रीले राजीनामा दिए

अर्थ राजनीति ~ बागमती प्रदेश सरकारका तीनजना मन्त्रीले राजीनामा दिएका छन् । आन्तरिक मामिलामन्त्री शालिकराम जम्मरकट्टेल, उद्योगमन्त्री अरुण नेपालले र सामाजिक विकासमन्त्री युवराज दुलालले राजीनामा दिएका छन् । मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको सरकार जनताप्रति जवाफदेहीविहीन बन्दै गएको र यही नेतृत्वमा प्रदेश सरकारले जनअपेक्षा अनुसार काम गर्न नसक्ने निष्कर्षसहित राजीनामा दिएको उनीहरुले जारी गरेको विज्ञप्तीमा उल्लेख […]

नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड-माधव समूहका नेताहरु निर्वाचन आयोग पुगे

अर्थ राजनीति ~ नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड-माधव समूहका नेताहरु निर्वाचन आयोग पुगेका छन् । यो समूहबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहितका नेताहरुको अगुवाईमा माइतीघरबाट सुरु भएको प्रदर्शन निर्वाचन आयोगसम्म पुगेको हो । प्रदर्शनअघि नेताहरुले माइतीघरको सडकमै बसेर प्रदर्शन गरेका थिए । उनीहरुले सर्वोच्च अदालतमा संसद विघटनको रिट पेशीमा राखेको दिन अदालत नजिकै माइतीघरमा […]

तरकारी बजारमाअब देखि तरकारी पनि डिजिटल कारोबारबाट किन्न पाइने

अर्थ राजनीति ~ तरकारी बजारमाअब देखि तरकारी पनि डिजिटल कारोबारबाट किन्न पाइने भएको छ । शुक्रबार क्यूआर पेमेन्टबाटै तरकारी किन्न सकिने गरी नक्सालको तरकारी बजारमा यसको सुरुआत भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एक किलो अदुवा किनेर यसको सुरुवात गरे । गभर्नर अधिकारीले एक किलो अदुवाको ८० रुपैयाँ क्यूआर कोडमार्फत भुक्तानी गरेका […]

सर्वोच्च अदालतले संसद विघटन गर्नुको कारणबारे सरकारसँग लिखित रुपमा जवाफ माग्यो

अर्थ राजनीति ~ सर्वोच्च अदालतले संसद विघटन गर्नुको कारणबारे सरकारसँग लिखित रुपमा जवाफ माग गरेको छ । शुक्रबार संवैधानिक इजलासमा सुनुवाईपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित ५ न्यायाधीशको पूर्ण इजलासले विपक्षी प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र राष्ट्रपति कार्यालयसँग लिखित जवाफ माग गर्ने आदेश दिएको छ । त्यस्तै मन्त्रिपरिषदले संसद विघटनका लागि गरेको सिफारिस र राष्ट्रपतिले गरेको स्वीकृतिको […]

नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड–माधव समूहले संसद विघटनविरुद्ध आन्दोलनको घोषणा

अर्थ राजनीति ~ नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड–माधव समूहले संसद विघटनविरुद्ध आन्दोलनको घोषणा गरेको छ । बिहीबार बसेको केन्द्रीय कमिटी बैठकले भोलिबाटै सडकमा आन्दोलनमा उत्रिने भएको छ । काठमाडौंमा भोलिदेखि नै दैनिक रुपमा कुनै न कुनै प्रकारको विरोध गर्ने भएको छ । देशव्यापी प्रदर्शन भने १४ गते हुने प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिए । आन्दोलनका […]

नेपाली कांग्रेसले मंसिर १३ गते संसद विघटनविरुद्ध देशैभर आन्दोलन गर्ने

अर्थ राजनीति ~ नेपाली कांग्रेसले मंसिर १३ गते संसद विघटनविरुद्ध देशैभर आन्दोलन गर्ने भएको छ । बिहीबार दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले आन्दोलन गर्ने निर्णय गरेको नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले बताए । प्रधानमन्त्रीको संसद विघटन गर्ने कदम असंवैधानिक एवंम अलोकतान्त्रिक भएको निष्कर्षसहित कांग्रेसले यहीँ पुस १३ गते देशभरका १६५ वटै […]

लागुऔषधसहित दुई जना पक्राउ

अर्थ राजनीति ~ झापा प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरी चौकी मेचीपारी झापाबाट खटिएको प्रहरी टोलीले बुधबार साँझ भद्रपुर नगरपालिका–२ बस्ने ३६ वर्षीय दीपक राई र पछाडि सवार सोही ठाउँका ३५ वर्षीय शेर बहादुर बस्नेतलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट नाइट्रोजन, फेनारगन, डाइजेपाम लगायतका लागुऔषध बरामद भएको प्रहरील जानकारी दिएको छ […]