लागुऔषधसहित दुई जना पक्राउ

Machchapuchchre

अर्थ राजनीति ~ झापा प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरी चौकी मेचीपारी झापाबाट खटिएको प्रहरी टोलीले बुधबार साँझ भद्रपुर नगरपालिका–२ बस्ने ३६ वर्षीय दीपक राई र पछाडि सवार सोही ठाउँका ३५ वर्षीय शेर बहादुर बस्नेतलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट नाइट्रोजन, फेनारगन, डाइजेपाम लगायतका लागुऔषध बरामद भएको प्रहरील जानकारी दिएको छ । पक्राउ परेकाहरुलाई थप अनुसन्धान तथा कानुनी कारबाहीको लागि वडा प्रहरी कार्यालय भद्रपुरमा राखिएको छ । बिहीबार झापा जिल्ला अदालतबाट म्याद थप गरी अनुसान्धनको प्रकृया अगाडि बढाइने प्रहरीले बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्