नेपाल कम्युनिस्ट पार्टीको दुवै पक्षका केन्द्रीय समिति बैठक आज बस्दै

Machchapuchchre

अर्थ राजनीति ~ नेपाल कम्युनिस्ट पार्टीको दुवै पक्षका केन्द्रीय समिति बैठक आज बस्दै । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाको बैठक बालुवाटारमा र प्रचण्ड–माधव नेपाल पक्षको बैठक कार्की ब्यांक्वेट बबरमहलमा बिहान ११ बजेपछि बसने भएको छ । मंगलबार पनि दुवै पक्षले आ–आफ्ना समूहका बैठक आयोजना गरेका थिए । ओली समूहले ११९९ सदस्यीय महाधिवेशन आयोजक समिति गठन गर्ने र पार्टी महाधिवेशन २०७८ साल मंसिर २ गते काठमाडौंमा गर्ने निर्णय गरेको थियो । प्रचण्ड–माधव समूहले भने अध्यक्ष पदबाट केपी शर्मालाई ओलीलाई हटाएर माधव नेपाललाई दोस्रो अध्यक्ष बनाउने निर्णय गरेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्