संसद विघटन गरेको विरोधमा जनता समाजवादी पार्टीले प्रदेश २ का ७ वटै जिल्लामा बुधबार प्रदर्शन

Machchapuchchre

अर्थ राजनीति ~ प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको विरोधमा जनता समाजवादी पार्टीले प्रदेश २ का ७ वटै जिल्लामा बुधबार प्रदर्शन गरेको छ । प्रदेशको अस्थायी राजधानी धनुषा सदरमुकाम जनकपुरधामसहित सप्तरी सदरमुकाम राजविराज, सिराहा सदरमुकाम सिराहा, महोत्तरी सदरमुकाम जलेश्वर, सर्लाही सदरमुकाम मलंगवा, रौतहट सदरमुकाम गौर, बारा सदरमुकाम कलैया र पर्सा सदरमुकाम बीरगन्जमा जसपाले प्रदर्शन गरेको छ । प्रदर्शन पश्चात सबै जिल्ला सदरमुकाममा कोणसभाको समेत आयोजना गरिएको छ । कोणसभामा बोल्दै नेताहरुले प्रधानमन्त्रीले असंवैधानिक कदम चालेर संसद विघटन गरेकाले यो कदम सच्चयाउनु पर्नेमा जोड् दिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्