नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड–माधव समूहले संसद विघटनविरुद्ध आन्दोलनको घोषणा

Machchapuchchre

अर्थ राजनीति ~ नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड–माधव समूहले संसद विघटनविरुद्ध आन्दोलनको घोषणा गरेको छ । बिहीबार बसेको केन्द्रीय कमिटी बैठकले भोलिबाटै सडकमा आन्दोलनमा उत्रिने भएको छ । काठमाडौंमा भोलिदेखि नै दैनिक रुपमा कुनै न कुनै प्रकारको विरोध गर्ने भएको छ । देशव्यापी प्रदर्शन भने १४ गते हुने प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिए । आन्दोलनका लागि श्रेष्ठकै संयोजकत्वमा २५०१ सदस्यीय जनआन्दोलन परिचालन समिति बनेको छ । यसको सचिवालय पनि बनाइनेछ । बैठकले पुस १० गते माइतीघर मण्डलामा जम्मा भएर संयुक्त पत्रसहित निर्वाचन आयोगमा जाने र २ बजे पत्रकार सम्मेलन गर्ने निर्णय गरेको छ । ११ गते ७ प्रदेशका प्रदेश कमिटी बैठक सम्बबन्धित प्रदेशमै गर्ने र १२ गते ७७ जिल्लामा जिल्लास्तरीय भेला निर्णय भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्