” काङ्ग्रेस सरकारमा सहभागी हुँदैन ” : डा. शेखर कोइराला

अर्थ राजनीति  ~  नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले काङ्ग्रेस सरकारमा सहभागी नहुने बताएका छन् ।  राष्ट्रपति पदमा कांग्रेसको उम्मेदवार हुने भए पनि काङ्ग्रेस अहिले नै सरकारमा सहभागी नहुने स्पष्ट पारेका हुन् । सोमबार चितवनमा वपत्रकारहरुसँग कुराकानी गर्दै उनले भने, “कांग्रेस प्रतिपक्षमै बसेर सरकारलाई खबरदारी गर्छ ।”राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय सहमतिको प्रयास गरिने पनि उनको भनाइ […]

राष्ट्रपति चुनाब : प्रचण्ड, ओली र देउवा मध्ये कसको ?

अर्थ  राजनीति  ~  प्रमुख तीन दल आ–आफ्नै रणनीतिअनुसार अगाडि बढ्न थालेपछि एकले अर्कोसँग विश्वस्त हुन सकेका छैनन् । प्रधानमन्त्री प्रचण्डले सहमति कार्यान्वयनमा इमनदारिता नदेखाएको भन्दै प्रचण्ड र ओलीको दूरी बढ्दै गएको छ । उता देउवाले माओवादीबाट उम्मेदवार हुने पदमा पार्टीबाट उम्मेदवारी नदिई माओवादीलाई फकाउँदै विश्वास जित्ने प्रयासमा छन् । यसैबीच, शीर्षनेताले सीमा सुरक्षाका सन्दर्भमा समेत […]

फेरी बढ्याे पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य

अर्थ राजनीति  ~  गत राती १२ बजे देखी लागु हुने गरी डिजेल, पेट्रोल र मट्टीतेल प्रति लिटर तीन रुपैयाँ बढेको छ । नेपाल आयल निगमले सोमबार राति १२  बजे देखि  लागूहुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।  आयल निगमले जारी गरेको सुचना अनुसार अब देखी नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १७८ रुपियाँ पुगेको छ भने […]

राष्ट्रिय सभाबाट तीन वटा विधेयक पारित

अर्थ राजनीति  ~  राष्ट्रिय सभाबाट तीन वटा विधेयक पारित भएको छ। सोमबार बसेको राष्ट्रियसभा बैठकमा  अनुगमन तथा मूल्यांकन विधेयक–२०७६, अखिलेख संरक्षण (पहिलो संशोधन) विधेयक–२०७७ र खाद्य स्वच्छता तथा गुणस्तर विधेयक–२०७७ सर्वसम्मतिले पारित भएको हो। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित अनुगमन तथा मूल्यांकन विधेयक २०७६ पारित गरियोस् […]

” कांग्रेसले अस्थिरता ल्याउन खोज्यो ” : अध्यक्ष ओली

अर्थ राजनीति  ~  नेकपा एमाले अध्यक्ष एवं संसदीय दलका नेता केपी ओलीले सत्ता गठबन्धनलाई भत्काएर मुलुकमा अस्थिरता निम्त्याउने खेलमा नेपाली कांग्रेस लागेको आरोप लगाएका छन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले प्रतिनिधिसभाको आइतबार बसेको बैठकको विशेष समयमा कांग्रेसमाथि यस्तो आरोप लगाएका हुन्। ओलीले बोल्नेक्रममा अधिकांश समय कांग्रेस र कांग्रेस नेतृत्वको अघिल्लो सरकारको आलोचनामै खर्चे। ओलीले प्रधानमन्त्री र राष्ट्रपतिमा […]

सरकारले ट्रेजरी बिलवाट ऋण उठाउने

अर्थ राजनीति  ~  सरकारले आजवाट ट्रेजरी बिल बोलकबोलमार्फत ७ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । नेपाल राष्ट्र बैंकले सोमबारवाट ७ अर्ब आन्तरिक ऋणका लागि १८२ दिन अवधिको नयाँ ट्रेजरी बिल बोलकबोल गर्न लागेको हो । यसैगरी सरकारले आज नै १४ अर्ब १० करोडको ट्रेजरी बिल नवीकरणको लागि बोलकबोलमा ल्याउने भएको छ । सरकार […]

प्रधानमन्त्री दाहाल र प्रमुख सचेतकहरूको छलफल जारी

अर्थ राजनीति  ~   प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रमुख सचेतकहरूबीचको छलफल जारी छ । प्रधानमन्त्री निवास बालु्वाटारमा जारी बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रमुख सचेतकहरुको सहभागिता रहेको छ । प्रधानमन्त्री दाहालले प्रतिनिधि सभाको बैठकलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयका लागि प्रमुख सचेतकहरुसँग छलफल आयोजना गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले […]

राष्ट्रपति भण्डारीले संघीय संसद्लाई सम्बोधन गर्ने

अर्थ राजनीति  ~  राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्लाई सम्बोधन गर्ने भएकी छन् । राष्ट्रपतिले माघ २७ गते शुक्रबार दिउँसो ३ बजे संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न लागेकी हुन् । कार्यकाल सकिन लागेको सन्दर्भमा राष्ट्रपतिले संसद्लाई सम्बोधन गर्न लागेकी हुन् ।

रवि लामिछानेका कार्यकर्ताले जलाए कान्तिपुर दैनिक

अर्थ राजनीति  ~  राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताहरूले कान्तिपुर दैनिक पत्रिका जलाएका छन् । आज बिहान रास्वपाका कार्यकर्ताहरूले कैलालीको सुखड बजारमा कान्तिपुर दैनिक पत्रिका जलाएका हुन् । बिक्रीका लागि राखेको केही दिन अघिको पत्रिका जलाएका छन् । आइतबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पुर्व उपप्रधानमन्त्री एवम्‌ गृहमन्त्री रवि लामिछानेले पत्रकार सम्मेलनमा नेपाली मिडियाका पत्रकार र प्रकाशकहरूविरुद्ध […]

सञ्चारमाध्यमलाई उद्योगको मान्यता दिन प्रधानमन्त्रीसमक्ष आग्रह

अर्थ राजनीति ~ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष आर्थिक मिडिया सञ्चालक सङ्घ (इमान)ले सञ्चारमाध्यमलाई सेवामूलक उद्योगको मान्यता दिन मागसहित सुझावपत्र हस्तान्तरण गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटेर सङ्घका अध्यक्ष रोयल आचार्यसहितको प्रतिनिधिमण्डले सो ध्यानाकर्षपत्र बुझाएको हो । इमानले बैंक तथा वित्तीय संस्थाका सूचना तथा सार्वजनिक खरिद ऐनअनुसारका सूचना अनलाइन सञ्चारमाध्यममा पनि प्रकाशन […]