डेढ अर्बको आइपिओ ल्याउन मध्य-भोटेकोसीले पायो अनुमति

अर्थ राजनीति  ~  मध्यभोटेकोसी जलविद्युत आयोजनाले आइपिओ निष्कासनको अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले कम्पनीलाई डेढ अर्ब रुपैयाँ बराबरको आइपिओ निष्कासनका लागि अनुमति दिएको हो। कम्पनीले १ सय अंकित मूल्यमा सर्वसाधारणलाई १ करोड ५० लाख कित्ता आइपिओ निष्कासन गर्नेछ। कुल सेयरमा २५ प्रतिशत सर्वसाधारणलाई छुट्याइएको हो। सर्वसाधरणलाई १५ र प्रभावित जिल्लाबासीलाई १० प्रतिशत सेयर दिइनेछ। […]

अब राष्ट्र बैंक तात्नै पर्दैन, बैंकहरू आफैं मर्जरमा जान्छन्-: अध्यक्ष दाहाल

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकको मर्जर तथा एक्विजिसन नीतिका कारण विकास बैंक र फाइनान्स कम्पनीको संख्या घटेसँगै यतिबेला मर्जरको विषय वाणिज्य बैंकतर्फ सोझिएको छ । यता वाणिज्य बैंकहरू बीचको ‘विग मर्जर’को विषयले बजार तातिरहेका बेला नेपाल बैंकर्स संघका अध्यक्ष भुवनकुमार दाहाल भने अब राष्ट्र बैंक तात्नै पर्दैन, बैंकहरू आफै मर्जरमा जाने बताउँछन् । बैंकहरूमा […]

सुनको मूल्य घट्यो तोलाको कति त ?

अर्थ राजनीति  ~  आज मंगलबार नेपाली बजारमा सुनको मुल्य गिरावट आएको छ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार सोमबार तोलामा ९१ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार घटेर तोलामा ९० हजार ७०० रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजाबी सुन तोलामा ९० […]

सुनको मूल्य आज पनि बढ्याे, कतिमा हुँदैछ काराेबार ?

अर्थ राजनीति  ~  नेपाली बजारमा सुनको मूल्य फेरि बढ्न थालेको छ । आइतबार तोलामा ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन सोमबार बढेर तोलामा ९१ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, तेजावी सुनकाे मूल्य ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ […]

चन्द्रागिरि हिल्स कम्पनीको १८ करोड ११ लाख रुपैयाँ खुद नोक्सानी

अर्थ राजनीति  ~  केही दिनअघिसम्म सेयर मूल्य उचालिँदै गएको चन्द्रागिरि हिल्स कम्पनीले १८ करोड ११ लाख रुपैयाँ खुद नोक्सानी ब्यहोरेको छ। कम्पनीले यस आर्थिक वर्षको ९ महिनामा अर्थात प्रकाशित तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार सो नोक्सानी ब्यहोरेको हो। गत आर्थिक वर्ष यसै अवधिमा कम्पनीले २ करोड १८ लाख रुपैयाँ नोक्सानी ब्यहोरेकोमा अहिले १६ करोडले बढेको हो।  […]

कालोसूचीमा ऋणीको सङ्ख्या दैनिक बढ्दै

अर्थ राजनीति  ~  विभिन्न व्यवसाय गर्ने उद्देश्यले बैंकबाट ऋण लिएकाहरूले समयमै कर्जा फर्छ्यौट गर्न नसक्दा धेरै व्यक्ति र संस्थाहरू बैंक तथा वित्तीय संस्थाको कालो सूचीमा पर्ने गरेका छन् । कर्जा सूचना केन्द्रले प्रकाशित गरेको सूचीमा कालो सूचीमा पर्नेहरूको सङ्ख्या दैनिक बढिरहेको देखिन्छ । कर्जा सूचना केन्द्रले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षदेखि हालसम्म ४ […]

अरुणभ्याली हाइड्रोपावरको ५० प्रतिशत हकप्रद शेयर सोमबारदेखि विक्रीमा

अर्थ राजनीति  ~  अरुणभ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले बैशाख ६ गते (सोमवार) देखि ५० प्रतिशत हकप्रद शेयर विक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिशेयर रू. १०० अंकित दरको ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद शेयर विक्री खुला गर्न लागेको हो । हाल कायम चुक्तापूँजी रू. १ अर्ब ४ करोड ८२ लाख ३९ हजार […]

फेरी बढ्यो सुनको मूल्य

अर्थ राजनीति  ~  आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला २ सय रुपैयाँले सुनको मूल्य बढेको हो । शुक्रबार प्रतितोला ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज ९० हजार ७ सय रुपैयाँमा किनबेच भएको छ ।त्यस्तै, शुक्रबार प्रतितोला ९० हजार रुपैयाँमा खरिद विक्रि भएको तेजाबी सुन आइतबार […]

रुरु जलविद्युत परियोजनाको आईपीओ बाँडफाँट सम्पन्न

अर्थ राजनीति  ~  रुरु जलविद्युत आयोजनाको साधारण सेयर (आईपीओ) ३७ हजार ९१६ जनाले प्राप्त गरेका छन् । बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा शुक्रबार बाँडफाँट भएको हो ।आईपीओ पर्नेहरुले १०/१० कित्ता सेयर पाएका छन् । १०/१० कित्ता बाँडफाँट गरेर बाँकी रहेको ७ कित्ता थप ७ जनालाई एक/एक कित्ताका दरले वितरण गरिएको छ । रुरुको आईपीओमा कुल […]

आज पनि सुनचाँदीको मूल्य बढ्याे

अर्थ राजनीति  ~  शुक्रबार नेपाली बजारमा सुनको मूल्य उकालो लागेको छ । शुक्रबार सुनको मूल्यमा ७ सय वृद्धि भएको छ । बिहीबार प्रतितोला ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ७ सय रुपैयाँ बढेको हो । आज छापावाला सुन प्रतितोला ९० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेकाे सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ […]