सुनको मूल्य आज पनि बढ्याे, कतिमा हुँदैछ काराेबार ?

Machchapuchchre

अर्थ राजनीति  ~  नेपाली बजारमा सुनको मूल्य फेरि बढ्न थालेको छ । आइतबार तोलामा ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन सोमबार बढेर तोलामा ९१ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, तेजावी सुनकाे मूल्य ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।आज सुनको मूल्य बढेपनि चाँदीको मूल्य भने यथावत छ । चाँदी आज पनि प्रतितोला एक हजार तीन सय रुपैयाँमा कारोबार भएको छ । चाँदी हिजो पनि सोही मूल्य कारोबार भएको महासङ्घले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्