अब राष्ट्र बैंक तात्नै पर्दैन, बैंकहरू आफैं मर्जरमा जान्छन्-: अध्यक्ष दाहाल

Machchapuchchre

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकको मर्जर तथा एक्विजिसन नीतिका कारण विकास बैंक र फाइनान्स कम्पनीको संख्या घटेसँगै यतिबेला मर्जरको विषय वाणिज्य बैंकतर्फ सोझिएको छ । यता वाणिज्य बैंकहरू बीचको ‘विग मर्जर’को विषयले बजार तातिरहेका बेला नेपाल बैंकर्स संघका अध्यक्ष भुवनकुमार दाहाल भने अब राष्ट्र बैंक तात्नै पर्दैन, बैंकहरू आफै मर्जरमा जाने बताउँछन् । बैंकहरूमा पुँजी लगानीको तुलनामा पछिल्ला वर्षमा प्रतिफल एकदमै घट्दै गइरहेका कारण लगानीकर्ताको आकर्षण कम हुँदै गएको उनको बुझाइ छ । बजारमा बैंकले नाफामात्र कमाउँछन् भन्ने सामाजिक भाष्य निर्माण भइरहेका बेला उनी भने बैंक भन्दा अन्य क्षेत्रमा प्रतिफल बढ्दै गएको तर बैंकको प्रतिफल घट्दै गएको बताउँछन् । बैंकहरू बीचको तीव्र प्रतिस्पर्धा र राष्ट्र बैंकका रणनीतिका कारण लगानीकर्ताको प्रतिफल घटे पनि ग्राहकले पाउने सेवा भने पछिल्ला वर्षमा उत्कृष्ट र सर्वसुलभ हुँदै गएको पनि उनी बताउँछन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्