कोरोना विरुद्धको दोस्रो चरणको खोप लगाउन सुरु भयो

Machchapuchchre

अर्थ राजनीति  ~  कोरोना भाइरसविरुद्धको दोस्रो चरणको खोप लगाउन सुरु गरिएको छ । आजदेखि पहिलो चरणको खोप लगाएकालाई दोस्रो डोज दिन सुरु गरिएको हो । दोस्रो डोजको खोप लगाउने अभियान बैशाख ७ गतेदेखि ११ गतेसम्म चल्नेछ । पहिलो चरणमा खोप लगाएका स्वास्थ्यकर्मी, सफाइकर्मी, सरकारी कर्मचारी, कूटनीतिक नियोगका कर्मचारी, सार्वजनिक संस्थान, बैंक तथा वित्तीय संस्थाका कर्मचारी र पत्रकारहरुलाई दोस्रो डोजको खोप दिन लागेको हो । स्वास्थ्य मन्त्रालयकाअनुसार पहिलो चरणमा चार लाख २९ हजार ७ सय ५ जनाले खोप लगाएका थिए । पहिले लगाएकै खोप केन्द्रबाट खोप लिन सकिने छ । सरकारले दोस्रो डोजको खोप लगाउन पहिले लगाएको मिति अनुसार पालो तोकेको छ । स्वास्थ्य मन्त्रालयले खोप लगाउने विभिन्न अस्पतालहरु तोकिदिएको छ । बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म आफूलाई पायक पर्ने स्थानमा गएर खोप लगाउन सकिने छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्