माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

Machchapuchchre

अर्थ राजनीति   ~  नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पार्टी कार्यालय पेरिसडाँडामा बस्दैछ । सरकारलाई दिएको समर्थन फिर्ता नलिँदा आलोचित बनेको माओवादीले आज दिउँसो १ बजेका लागि स्थायी कमिटी बैठक बोलाएको हो । बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता, नयाँ सत्ता समीकरणको प्रयास तथा पछिल्ला राजनीतिक घटनाक्रमकै समीक्षा हुने कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिनुभयो । नेताहरुको कार्यव्यस्तताका कारण हिजो स्थगित गरिएको बैठक आज दिउँसो बस्ने तय भएको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्