अरुणभ्याली हाइड्रोपावरको ५० प्रतिशत हकप्रद शेयर सोमबारदेखि विक्रीमा

Machchapuchchre

अर्थ राजनीति  ~  अरुणभ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले बैशाख ६ गते (सोमवार) देखि ५० प्रतिशत हकप्रद शेयर विक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिशेयर रू. १०० अंकित दरको ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद शेयर विक्री खुला गर्न लागेको हो । हाल कायम चुक्तापूँजी रू. १ अर्ब ४ करोड ८२ लाख ३९ हजार ४०० को आधारमा कम्पनीले १ बराबर शून्य दशमलव ५ को अनुपातमा हकप्रद शेयर विक्री गर्न लागेको हो । यो हकप्रद शेयर खरिदका लागि बैशाख २६ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले निष्कासन गर्न लागेको यो हकप्रद शेयरलाई केयर रेटिङ्ग नेपालले केयर एनपी डबर बि प्लस रेटिङ्ग प्रदान गरेको छ । यस रेटिङ्गले कम्पनीको दायित्व बहन गर्ने क्षमता औषत जोखिम रहेको संकेत गर्दछ । यस हकप्रद शेयर विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्