सेयर कारोबार रकममा नयाँ रेकर्ड कायम

अर्थ राजनीति  ~  बुधबार बजारमा अहिलेसम्मकै धेरै रकमको सेयर किनबेच भएको छ। यस दिन ११ अर्ब ९५ करोड ५८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको हो। एकै दिनमा यति धेरै रकमको सेयर किनबेच भएको पहिलो पटक हो। यसअघि हिजो मात्रै ११ अर्ब ३५ करोडको कारोबार भएको थियो। कारोबारमा उत्साह देखिँदा पनि नेप्से परिसूचक भने घटेको […]

केहि दिन घटेको सुनको मूल्य पुनः बढ्यो

अर्थ राजनीति  ~  केही दिन यता नेपाली बजारमा क्रमिक रुपमा घट्दै गएको सुनको मूल्य फेरि ह्वातै बढ्न गएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार प्रतितोला ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार एकैपटक ९०० रुपैयाँले वृद्धि भएर ९२ हजार ५०० रुपैयाँ पुगेको हो । त्यस्तै, आज तेजाबी सुन प्रतितोला ९२ […]

कोभिडलाई सामना गर्ने बजेट आउँछ : अर्थमन्त्री पौडेल

अर्थ राजनीति  ~  पुनः अर्थमन्त्रीमा नियुक्त भएका विष्णुप्रसाद पौडेलले बजेटले कोभिड–१९ लाई सामना गर्ने बताएका छन् । आगामी वर्षको बजेट अन्तिम तयारीमा रहेको उल्लेख गर्दे उनले कोरोना महामारीले प्रभावित अर्थतन्त्रलाई गतिशील बनाउने बजेट आउने आश्वासिन दिए । पद बहालीपछि अर्थमन्त्री पौडेलले सम्पूर्ण शक्ति र स्रोत कोभिड–१९ विरुद्धको लडाईंमा परिचालन गरिने भन्दै बजेटले कोभिडबाट ग्रस्थ अर्थतन्त्र […]

९ महिनामा ७ खर्ब २९ अर्ब रेमिट्यान्स भित्रियो : राष्ट्र बैंक

अर्थ राजनीति  ~  चालू आर्थिक वर्षको ९ महिनामा विप्रेषण आप्रवाह (रेमिट्यान्स) ७ खर्ब २९ अर्ब माथि पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । बुधबार ९ महिनाको आर्थिक तथ्याङ्क सार्वजनिक गर्दै बैंकले विदेशी मुद्रा आप्रवाह रेमिट्यान्स १६ दशमलभ ५ प्रतिशतले वृद्धि हुँदै ७ खर्ब २९ अर्ब २ करोड पुगेको जनाएको हो । जबकी गत वर्षको सोही […]

विहीबार सुनको मूल्य घट्यो

अर्थ राजनीति  ~  गत मंगलबार अधिकतम ९२ हजार ३०० रुपैयाँ पुगेको सुनको मूल्य क्रमशः घट्न थालेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहीबार नेपाली बजारमा सुन प्रति तोला ४०० रुपैयाँले घटेर ९१ हजार ६०० रुपैयाँ कायम भएको छ । गत बुधबार बजारमा सुन प्रति तोला ९२ हजार रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी […]

राष्ट्र बैंक द्वारा ९ महिनाको आर्थिक विवरण सार्बजनिक

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकले देशको पछिल्लो आर्थिक अवस्थाबारे रिपोर्ट सार्वजनिक गरेको छ । राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको  रिपोर्टमा वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ३.१० प्रतिशत छ । आयात १३.१ प्रतिशत र निर्यात २०‍‍‍.२ प्रतिशतले बढेको छ । विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १६‍.५ प्रतिशतले र अमेरिकी डलरमा १३.० प्रतिशतले बढेको […]

वैशाखभर सत्ताको खेल, राजीनामा दिएको ७२ घण्टामै फेरि मुख्यमन्त्री

अर्थ राजनीति  ~  गण्डकी प्रदेशमा नयाँ वर्षसँगै सुरु भएको सत्ताको खेल तत्कालका लागि पटाक्षेप भएको छ । र, मुख्यमन्त्रीबाट राजीनामा दिएका पृथ्वीसुब्बा गुरुङले ७४ घन्टा बित्न नपाउँदै फेरि मुख्यमन्त्री बनेका छन् । प्रदेश प्रमुख सीता पौडेलले संविधानको धारा धारा १६८(३) अनुसार प्रदेशसभाको सबभन्दा ठूलो दलको संसदीय दलका नेता गुरुङलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । कोरोना […]

जेष्ठ १३ गतेसम्म सम्पूर्ण बीमा कम्पनीहरु बन्द रहने

अर्थ राजनीति  ~  उपत्यकामा बढ्दो कोभिड संक्रमणपछि उपत्यकाका सबै बीमा कम्पनीहरु जेष्ठ १३ गतेसम्म बन्द हुने भएका छन् । काठमाडौं ललितपुर र भक्तपुर जिल्ला प्रमुख अधिकारीहरुले बीमा कम्पनीहरु बन्द गर्ने निर्णय गरेका हुन् । केही शखा र सिमित कर्मचारीबाट बीमा कम्पनीहरु संचालन हुँदै आएका थिए । बैठकले अत्यावश्यक सेवा बाहेकका सरकारी कार्यालय, सार्वजनिक संस्था, संस्थान, […]

शेयर : दोहोरो अंकको वृद्धि, २८ कम्पनीको शेयरमुल्य बढ्यो

अर्थ राजनीति  ~  कारोबारको चौथो दिन (बुधबार) नेप्से परिसुचक दोहोरो अंकले बढेको छ । प्रि ओपनिङ्ग सेसनमा परिसुचक १२.०९ अंकले बढेर २६८५.४१ को बिन्दुमा पुगेको छ । नेप्सेको प्रि ओपनिङ्ग सेसनमा आज ४२  कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये २८ कम्पनीको शेयरमूल्य बढेको छ भने कम्पनीको १२ शेयरमूल्य घटेको छ । २ कम्पनीको मूल्य […]

यसपाली किस्ता तिर्न बैङ्कहरूले दबाब नदिने

अर्थ राजनीति  ~  कोरोना माहामारीको कारण भएको निषेधाज्ञामा बैङ्कहरूले ऋणको किस्ता तिर्न दबाब नदिने भएका छन् । यद्यपि, ऋण तिर्ने क्षमता हुनेहरुले भने समयमै तिर्नुपर्ने बैंकर्सहरुले बताएका छन् । ऋण तिर्ने समय आए स्मरण गराउने तर दबाब नदिने बैङ्कर्स एसोसिएसनका अध्यक्ष भुवन दाहालले बताए । उनले भने, ‘मासिक किस्ता तिर्ने ऋणीहरुले आफ्नो मासिक आम्दानी देखाएर […]