” हरेक कुरामा राजनीति हुँदा देश पछि पर्यो ” : प्रधानमन्त्री प्रचण्ड

अर्थ राजनीति  ~  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक कुरामा राजनीति हुँदा देश आर्थिक, शैक्षिक लगायतका क्षेत्रहरुमा पछि परेको तर्क गरेका छन् । काठमाडौं विश्वविद्यालय सभाको ९७ औं बैठकलाई सोमबार बिहान बालुवाटारमा सम्बोधन गर्दै प्रचण्डले अहिले आफ्नो सम्पूर्ण ध्यान उत्पादन बढाउन र रोजगारी सिर्जना गर्नेतिर भएको बताएका छन् । प्रचण्डले काठमाडौं विश्वविद्यालयले रोजगारी स्वदेशमै सिर्जना गर्न […]

सर्वोच्च अदालतको आदेशविरुद्ध मधेसमा बिहानैदेखि प्रदर्शन

अर्थ राजनीति  ~  आइतबार सर्वोच्च अदालतले नागरिकतासम्बन्धि ऐन तत्काल कार्यान्वयन नगर्न आदेश दिएपछि मधेसमा सोमबार बिहानैदेखि प्रदर्शन सुरु भएको छ । सर्वोच्च अदालतको सो आदेशविरुद्ध विरुद्ध प्रदर्शन गरिरहेका छन् । उनीहरुले सर्वोच्च अदालत र नागरिकता विद्येयक प्रमाणीकरणको विरुद्धमा रहेका दलहरुविरुद्ध नारावाजी गर्दै राजमार्गमा टायर बालेर प्रदर्शन गरिहरहेका छन् । प्रदर्शनपछि ढल्केवर जनकपुर सडकखण्ड अहिले अवरुद्ध […]

रहस्यमय दरबार हत्याकाण्डको आज २२ वर्ष पूरा

अर्थ राजनीति  ~  राजा वीरेन्द्रको वंशनाश हुने गरी भएको दरबार हत्याकाण्डको आज २२ वर्ष पूरा भएको छ । वि.सं २०५८ साल जेठ १९ गते राती राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दिपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुतीलगायत ११ जनाको नारायणहिटी राजदरबारमै हत्या भएको थियो । उक्त घटनाको यथार्थ भने अझै पनि रहस्यमय नै छ । घटनालगत्तै गठित […]

नक्कली भुटानी प्रकरण: “अमेरिकाले शरणार्थी कार्यक्रमको स्वच्छतालाई गम्भीर रूपले लिन्छ”

अर्थ राजनीति  ~  नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतिक्रिया दिँदै संयुक्त राज्य अमेरिकाले नेपालमा यसबारे भइरहेका अनुसन्धानबाट वास्तविकता चाँडो निर्क्योल हुने आशा व्यक्त गरेको छ। नेपालबाट नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने वाचा गर्दै कैयौँ मानिसहरूसँग करोडौँ रुपैयाँ असुलेको आरोपमा नेपाल सरकारले भूतपूर्व उपप्रधानमन्त्री र भूतपूर्व गृहमन्त्रीसहित ३० जनाविरुद्ध मुद्दा चलाएको छ।मुद्दा चलेको झन्डै एक सातापश्चात् […]

रेशम चौधरीको आममाफीविरुद्धको मुद्धामा सर्वोच्चमा आज सुनवाई हुदैँ

अर्थ राजनीति  ~  टीकापुर नरसंहारमाका दोषी ठहर पूर्वसांसद रेशम चौधरीलाई आममाफी दिएपछि सर्वोच्च अदालतमा दर्ता भएको मुद्दाको सुनुवाइ आज हुँदैछ शारदा बोहरा कडायतले आइतबार दर्ता गराएको रिट निवेदन सुनुवाइ गर्न आजका लागि अदालतले पेसी तोकिएको हो। शारदा सो घटना परी मारिएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी हुन् । हत्याकाण्डका मुख्य योजनाकारका रुपमा रेशमविरुद्ध कैलाली जिल्ला, […]

प्रधानमन्त्री प्रचण्ड आज भारत भ्रमणमा जाँदै

अर्थ राजनीति  ~  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज भारत भ्रमणमा जाँदैछन् । नयाँ जनमतपछि प्रधानमन्त्री भएका प्रचण्ड पहिलोपटक विदेश भ्रमणमा भारत जान लागेका हुन् । मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको भ्रमण टोलीमा प्रधानमन्त्री प्रचण्डसहित अरु पाँच जना मन्त्रीहरु पनि सहभागी हुँदैछन् । टोलीमा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्र मन्त्री एनपी […]

हवाई यात्रुका लागि कोभिड मापदण्ड फुकुवा

अर्थ  राजनीति  ~  सरकारले चार वर्षपछि नेपाल आउने अन्तर्राष्ट्रिय हवाई यात्रुका लागि लागू हुँदै आएको कोभिड मापदण्ड फुकुवा गरेको छ। पर्यटन मन्त्रालयले विश्व स्वास्थ्य संगठनले जारी गरेको सिफारिसलाई आधार मानेर कोभिडमा जारी भएको मापदण्ड नै खारेज गरेको जनाएको छ। नागरिक उड्डयन प्राधिकरणले मन्त्रालयले जारी गरेको पत्र अनुसार मुलुकमा उडान गर्दै आएका आन्तरिक तथा अन्तर्राष्ट्रिय वायुसेवा […]

मेयर बालेन : “सात दिनभित्र छुट सुविधा उपलब्ध नगराए अस्पताल बन्द गराउँछौँ “

अर्थ राजनीति  ~  काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतसँग भेट गरेर स्वास्थ्य उपचारमा उपलब्ध गराउनु पर्ने छुट सम्बन्धी व्यवस्था कार्यान्वयन गराउन ध्यानाकर्षण गराएका छन् । लक्षित वर्गलाई उपलब्ध गराइएको छुट सम्बन्धी विवरण उपलब्ध गराउन महानगरले ज्येष्ठ ६ गते सार्वजनिक सूचनामार्फत स्वास्थ्य संस्थाहरुलाई अनुरोध गरेको थियो । प्रमुख […]

” प्रधानन्यायाधीश नियुक्तिका लागि सुनुवाइ छिटो गर्नुपर्नेछ ” : सभामुख घिमिरे

अर्थ राजनीति ~  प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसदीय सुनुवाइको काम छिटो अघि बढाउनुपर्ने बताएका छन् । मंगलबार सिंहदरबारमा बसेको समितिको पहिलो बैठकमा संवोधन गर्दै उनले संवैधानिक परिषद्बाट सिफारिस सर्वोच्चका प्रधानन्यायाधीश लगायतको सुनुवाइको काम ढिलाइ भएको बताए ।सभामुख घिमिरेले भने –‘विभिन्न कारणले समिति गठनमा ढिलाइ हुँदा लामो समयदेखि सुनुवाइ हुन बाँकी छ । बैशाख २७ […]

खुला राजनीतिमा रेशम चौधरी, रिहाइ लगत्तै पुगे कैलाली र बर्दिया

अर्थ राजनीति  ~  नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरी करिब आठ वर्षको जेलजीवनबाट मुक्त हुँदै खुला राजनीतिको बाटोमा आएका छन् । ७ भदौ २०७२ मा कैलालीको टीकापुरमा भएको थरूहट आन्दोलनका क्रममा ७ सुरक्षाकर्मी र एक नाबालकसहित आठ जनाको ज्यान गएको घटनामा मुख्य दोषी ठहर भई जन्मकैदको सजाय पाएका चौधरी करिब आठ वर्षको जेलजीवनबाट मुक्त […]