” हरेक कुरामा राजनीति हुँदा देश पछि पर्यो ” : प्रधानमन्त्री प्रचण्ड

Machchapuchchre

अर्थ राजनीति  ~  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक कुरामा राजनीति हुँदा देश आर्थिक, शैक्षिक लगायतका क्षेत्रहरुमा पछि परेको तर्क गरेका छन् । काठमाडौं विश्वविद्यालय सभाको ९७ औं बैठकलाई सोमबार बिहान बालुवाटारमा सम्बोधन गर्दै प्रचण्डले अहिले आफ्नो सम्पूर्ण ध्यान उत्पादन बढाउन र रोजगारी सिर्जना गर्नेतिर भएको बताएका छन् । प्रचण्डले काठमाडौं विश्वविद्यालयले रोजगारी स्वदेशमै सिर्जना गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्ने समेत बताए । ‘आफूले उत्पादन गरेको जनशक्तिलाई देशभित्रै खपत गर्ने वातावरण बनाउनको निम्ति सरकारलाई सहयोग गर्ने जिम्मेवारी यो विश्वविद्यालयको हो,’ प्रधानमन्त्री प्रचण्डले भने,’ हामी अलिक धेरै नै राजनीति गर्ने जस्ता भयौं । हरेक कुरामा राजनीति मात्र हुँदा देशमा आर्थिक, शैक्षिक र उत्पादनका विषयहरू पछि परे ।’ जहाँ अनुशासन, विकास निर्माणका कामलाई प्राथमिकता दिने भयो, त्यहाँ अनावश्यक राजनीतिक खिचातानी गर्ने ठाउँ नरहने र देशले आर्थिक विकासमा फड्को हान्ने वातावरण रहने उनले बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्