रहस्यमय दरबार हत्याकाण्डको आज २२ वर्ष पूरा

Machchapuchchre

अर्थ राजनीति  ~  राजा वीरेन्द्रको वंशनाश हुने गरी भएको दरबार हत्याकाण्डको आज २२ वर्ष पूरा भएको छ । वि.सं २०५८ साल जेठ १९ गते राती राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दिपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुतीलगायत ११ जनाको नारायणहिटी राजदरबारमै हत्या भएको थियो । उक्त घटनाको यथार्थ भने अझै पनि रहस्यमय नै छ । घटनालगत्तै गठित छानविन समितिले युवराज दिपेन्द्रले राजारानीलगायतको हत्या गरी आत्महत्या गरेको प्रतिवेदन दिए पनि सर्वसाधारण भने त्यसलाई स्वीकार्न तयार छैनन् । घटनामा राजा वीरेन्द्रका वंशसहित पूर्व अधिराजकुमार धिरेन्द्र, राजा वीरेन्द्रकी दिदि शान्ति, बैनी शारदा, कुमार खड्गविक्रम शाह, जयन्ती शाह र केतकी शाहको हत्या भएको थियो । नेपालको इतिहासकै सबैभन्दा अकल्पनीय र रहस्यमय उक्त घटना रहस्यमै रहने प्रबल संभावना बढेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्