हवाई यात्रुका लागि कोभिड मापदण्ड फुकुवा

Machchapuchchre

अर्थ  राजनीति  ~  सरकारले चार वर्षपछि नेपाल आउने अन्तर्राष्ट्रिय हवाई यात्रुका लागि लागू हुँदै आएको कोभिड मापदण्ड फुकुवा गरेको छ। पर्यटन मन्त्रालयले विश्व स्वास्थ्य संगठनले जारी गरेको सिफारिसलाई आधार मानेर कोभिडमा जारी भएको मापदण्ड नै खारेज गरेको जनाएको छ। नागरिक उड्डयन प्राधिकरणले मन्त्रालयले जारी गरेको पत्र अनुसार मुलुकमा उडान गर्दै आएका आन्तरिक तथा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई यो सुचना जारी गरिसकेको प्रवक्ता जगन्नाथ निरौलाले बताए। ‘मन्त्रालयले एरोनोटिकल इनफर्मेशन पब्लिकेशन ‘एआइपी’ जारी गरेसँगै हामीले मुलुकमा नियमित व्यवसायिक उडान अवतरण गर्दै आएका आन्तरिक तथा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई सुचना जारी गरिसकेका छौँ। यो कार्यान्वयनमा पनि आइसकेको छ,’ प्रवक्ता निरौलाले भने। योसँगै आन्तरिक उडान गर्दै आएका वायुसेवा कम्पनीलाई पनि इनफ्लाइट सेवा पुनः संचालन गर्न इजाजत दिइएको प्राधिकरणले जनाएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्