काठमाडौँ महानगरले विद्यालयमा नर्सिङ सेवा उपलब्ध गराउने

अर्थ राजनीति  ~  काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षदेखि सबै सामुदायिक विद्यालयमा नर्सिङ सेवा उपलब्ध गराउने भएको छ । कामपाले ३२ वटै वडामा स्वास्थ्य प्रवर्द्धन केन्द्र सञ्चालन गर्ने र सोही केन्द्रमार्फत  आगामी  वर्षदेखि ८९ वटै सामुदायिक विद्यालयमा नै नर्सिङ सेवा उपलब्ध गराउने तयारी गरेको हो । कामपा शिक्षा विभाग प्रमुख सीताराम कोइरालाका अनुसार धेरै विद्यार्थी सङ्ख्या […]

कामु प्रधानन्यायाधीश कार्कीविरुद्ध दर्जन उजुरी

अर्थ राजनीति  ~  कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीशमा नियुक्ति गर्न नहुने जिकिर गर्दै कानुन व्यवसायीदेखि बहालवाला न्यायाधीशले संसदीय सुनुवाइ समितिमा उजुरी दिएका छन् । गत १६ जेठमा १० दिनको समयावधि दिएर संसदीय सुनुवाइ विशेष समितिले उजुरी आह्वान गरेको थियो ।आज २६ जेठसम्म कार्कीविरुद्ध उजुरी दिन आह्वान भएकामा नौ दिनसम्म कामु प्रधानन्यायाधीश कार्कीविरुद्ध एक दर्जन उजुरी […]

सर्वोच्च बार : ” नागरिकता विधेयक प्रमाणीकरण संविधान प्रतिकूल छ “

अर्थ राजनीति  ~  सर्वोच्च अदालत बार एशोसिएशनले नागरिकता सम्बन्धी विधेयक प्रमाणीकरण गर्नु संसदीय प्रणाली, शक्ति पृथकीकरणको सिद्धान्त र नेपालको संविधान प्रतिकूल रहेको ठहर गरेको छ ।बार एशोसिएशनका सचिव श्यामकुमार खत्रीद्वारा जारी विज्ञप्तिमा रामचन्द्र राष्ट्रपति पौडेलको उक्त कदम संसदीय प्रणाली, शक्ति पृथकीकरणको सिद्धान्त र नेपालको संविधान प्रतिकूल रहेको ठहर गरिएको हो ।‘संसदीय प्रणाली, शक्ति पृथकीकरणको सिद्धान्त […]

” बिचौलियालाई छेउछाउ पर्न दिइनँ ” : अर्थमन्त्री महत

अर्थ राजनीति  ~  अर्थमन्त्री प्रकाशशरण महतले बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता अस्वीकार गरेका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी दलका सांसदले करको दर निर्धारणमा अनधिकृत व्यक्तिको संलग्नता रहेको आरोप लगाएपछि उनले त्यसलाई अस्वीकार गरेका हुन् । बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न गराएर करको दर हेरफेर गरेको भन्ने भनाइको खण्डन गर्दै अर्थमन्त्री महतले पारदर्शी ढंगबाट […]

प्रतिनिधि सभामा बजेटमाथिको छलफल जारी

अर्थ राजनीति ~  संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठकमा बजेटमाथिको छलफल जारी छ। संघीय संसद् भवन नयाँ बानेश्वरमा जारी बैठकमा आर्थिक वर्ष २०८०/०८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफल जारी छ। बजेटमाथिको छलफल सोमबारबाट प्रारम्भ भएको हो। सत्ता पक्षका सांसदहरूले कार्यान्वयनमा जोड दिएका छन्। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले बजेट सच्याउन माग गरेको छ। नीति […]

आजको प्रतिनिधिसभा बैठक समय सर्‍यो

अर्थ राजनीति  ~  प्रतिनिधिसभाको मंगलबार बस्ने बैठकको समय परिवर्तन गरिएको छ । मंगलबार बिहान ११ बजे डाकिएको बैठक दिउँसो १ः३० बजेका लागि सारिएको संघीय संसदका महासचिव डा. भरतराज गौतमले जानकारी दिए । मंगलबार ११ बजेको प्रतिनिधिसभा बैठक विशेष कारणवस उक्त समयमा बस्न नसक्ने भएकाले आजै १ः३० बजे बस्ने गरी सभामुख देवराज घिमिरेले सारेको उनले जारी […]

“प्रधानमन्त्रीको भारत भ्रमण फितलो भयो ” : अध्यक्ष ओली

अर्थ राजनीति  ~  नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण फितलो भएको टिप्पणी गरेका छन् । प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रचण्ड’को भारत भ्रमण फितलो भएको बताएका हुन् । उनले भने, “प्रधानमन्त्रीको भारत भ्रमण फितलो भयो । लिम्पियधुरा, लिपुलेक, कालापानी नेपालको संसद्ले सर्वसम्मतिले संविधान संशोधन पारित गर्‍यो । कसैको विरोध छैन […]

७० जिल्लाका निर्वाचन कार्यालय खारेजीको तयारी, आयोग असन्तुष्ट

अर्थ राजनीति  ~  निर्वाचन आयोगले ७० वटा जिल्लामा सञ्चालनमा रहेका जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने सरकारको तयारीप्रति असन्तुष्टि व्यक्त गरेको छ । आयोगले सोमबार गृहमन्त्री नारायणकाजी श्रेष्ठ तथा सरकारका मुख्य सचिवलाई आयोगको केन्द्रीय कार्यालय कान्तिपथ बोलाएर जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने तयारीप्रति आयोगको प्रस्टतासहित असन्तुष्टि व्यक्त गरेको हो । हाल आयोगका ७० जिल्ला र ७ […]

रास्वपा सांसदले ‘प्रधानमन्त्री भारतबाट भैँसी चढेर आएको’ भनेपछि संसद्‍मा हङ्गामा

अर्थ राजनीति  ~  प्रतिनिधिसभाको बैठकमा सत्तापक्ष र विपक्षी दलका सांसदहरुले एकपछि अर्को नियमापत्ति जनाएपछि बैठकको नियमित काम बिथोलिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भम्रण, नागरिताको विषयमा बोलेपछि सांसदहरुले प्रश्न सोध्ने क्रममा विवाद भएको हो । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले प्रधानमन्त्रीले भैसी चढेर भारतबाट नेपाल फर्केको बताएपछि सो शब्द संसदको रेकर्डबाट हटाउन […]

नक्कली शरणार्थी प्रकरणका फरार १२ जना, कता छन् ?

अर्थ राजनीति  ~  नक्कली शरणार्थी प्रकरणमा प्रहरीको फरार सूचीमा रहेका अभियुक्तहरू भारत र अमेरिकामा समेत पुगेको नेपाल प्रहरीले जनाएको छ । सो प्रकरणमा अझै १२ जना प्रहरीको फरार सूचीमा छन् । १८ जना पक्राउ परिसकेका छन् । फरार रहेकाहरूको प्रहरीले खोजी गरिरहेको छ । प्रहरी स्रोतका अनुसार अशोक पोखरेलसहित अर्का एक फरार अभियुक्त अमेरिकामा छन् […]