“प्रधानमन्त्रीको भारत भ्रमण फितलो भयो ” : अध्यक्ष ओली

Machchapuchchre

अर्थ राजनीति  ~  नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण फितलो भएको टिप्पणी गरेका छन् । प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रचण्ड’को भारत भ्रमण फितलो भएको बताएका हुन् । उनले भने, “प्रधानमन्त्रीको भारत भ्रमण फितलो भयो । लिम्पियधुरा, लिपुलेक, कालापानी नेपालको संसद्ले सर्वसम्मतिले संविधान संशोधन पारित गर्‍यो । कसैको विरोध छैन । त्यसलाई संविधान संशोधनको रूपमा हामीले सामेल गरेका छौँ,” । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिल्ली विगुल फुक्ने ठाउँ हो भन्दै प्रश्न गरेका छन् । प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा बुद्धिजीवीले सट्टापट्टा गर्न सकिन्छ भनेका थिए भन्ने कुरा गर्न दिल्ली किन पुग्नुपर्यो भन्दै प्रश्न गरे ।“पहिले कुन–कुन पर्वमा धरहरा चढेर त्यसको बार्दलीबाट विगुल फुक्थे । त्यो सदर मानिन्थ्यो । त्यस्तै विगुल फुक्ने ठाउँ हो दिल्ली ?,” ओलीले सोधे, “विभिन्न खालका विचारको प्रष्फुष्टीकरण गर्ने ठाउँ हो दिल्ली ? प्रधानमन्त्रीजी गलत भएको छ यो ।”त्यस्तै ओलीले भारतसँग नश्ल सुधारका लागि राँगाका विषयमा आफ्नो पालामा कुरा राखिएको बताएका छन् । “राँगा आयो । पहिले नै कुरा गरेको रहेछ । केपी ओलीको समयमा कुरा गरेको हो । नश्ल सुधारका कार्यक्रममा भारतले सहयोग गरोस् । गाई पालन, बाख्रा पालन विभिन्न कुरामा सहयोग गरोस्,” ओलीले भने ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्