रास्वपा सांसदले ‘प्रधानमन्त्री भारतबाट भैँसी चढेर आएको’ भनेपछि संसद्‍मा हङ्गामा

Machchapuchchre

अर्थ राजनीति  ~  प्रतिनिधिसभाको बैठकमा सत्तापक्ष र विपक्षी दलका सांसदहरुले एकपछि अर्को नियमापत्ति जनाएपछि बैठकको नियमित काम बिथोलिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भम्रण, नागरिताको विषयमा बोलेपछि सांसदहरुले प्रश्न सोध्ने क्रममा विवाद भएको हो । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले प्रधानमन्त्रीले भैसी चढेर भारतबाट नेपाल फर्केको बताएपछि सो शब्द संसदको रेकर्डबाट हटाउन हितराज पाण्डेको नियमापत्ति जनाए ।  हितराज पाण्डेले नियमापत्ति जनाएपछि एमाले सांसद योगेश भट्टराईले नियमापत्ति जनाए । संसदमा सो विषयमा विवाद भएपछि सभामुख देवराज घिमिरेले अमार्यादित शब्द नबोल्न आग्रह गर्दै सो शब्द संसदको रेकर्डबाट हटाउन रुलिङ गरेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्