” प्रधानन्यायाधीश नियुक्तिका लागि सुनुवाइ छिटो गर्नुपर्नेछ ” : सभामुख घिमिरे

Machchapuchchre

अर्थ राजनीति ~  प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसदीय सुनुवाइको काम छिटो अघि बढाउनुपर्ने बताएका छन् । मंगलबार सिंहदरबारमा बसेको समितिको पहिलो बैठकमा संवोधन गर्दै उनले संवैधानिक परिषद्बाट सिफारिस सर्वोच्चका प्रधानन्यायाधीश लगायतको सुनुवाइको काम ढिलाइ भएको बताए ।सभामुख घिमिरेले भने –‘विभिन्न कारणले समिति गठनमा ढिलाइ हुँदा लामो समयदेखि सुनुवाइ हुन बाँकी छ । बैशाख २७ गतेबाट चिठी आएर प्रधानन्यायाधीशको सुनुवाइ रोकिएको छ । संसदीय सुनुवाइको क्रममा यहाँहरूको दृष्टिकोणबाट महत्त्वपूर्ण निर्णयहरू हुन सक्नेछ भन्ने अपेक्षा लिएको छु ।’उनले समितिका सदस्यहरू राजनीतिमा धेरै हिसाबले खारिएका, अहिलेको व्यवस्था ल्याउन भूमिका खेल्ने परिपक्व, पाको र जिम्मेवार सांसदहरू रहेको बताउँदै आफ्नो जिम्मेवारी पूरा गर्ने विश्वास व्यक्त गरे ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्