प्रधानमन्त्री, अर्थमन्त्री र गभर्नर बिच अर्थतन्त्रको अवस्थाबारे छलफल

अर्थ राजनीति  ~  प्रधानमन्त्री प्रचण्डले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र नेपाल राष्ट्र बैङ्कका गर्भनर महाप्रसाद अधिकारीसँग देशको वर्तमान अर्थतन्त्रको अवस्था, बैंकिङ क्षेत्रमा देखिएका समस्या र तत्काल सुधार गर्नुपर्ने विषयका बारेमा छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले बैंकिङ क्षेत्रमा पछिल्लो समयमा देखिएका समस्या तथा चुनौतीहरूको विषयमा चासो राखेका थिए । […]

प्रभु र सेन्चुरी बैंकलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति

अर्थ राजनीति  ~  प्रभु बैंक र सेन्चुरी बैंकलाई मर्जरका लागि नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएको छ। दुबै बैंकले पुस १४ गते सम्पन्न वार्षिक साधारण सभामार्फत एक आपसमा मर्जर जाने प्रस्ताव पारित गरिसकेका छन्। प्रभु बैंक र सेन्चुरी बैंक १ः१ को सेयर स्वाप रेसियोमा मर्जरमा जान लागेका हुन्। प्रभु बैंकको १०० कित्ता बराबर सेञ्चुरी बैंकको १०० […]

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल : हिमालय एयरलाइन्सको प्राथमिकता चीन

अर्थ राजनीति  ~  निजी अन्तर्राष्ट्रिय वायुसेवा हिमालय एयरलाइन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान गरेको छ। कम्पनीले यो विमानस्थलबाट नियमित उडानका लागि परीक्षण उडान गरेको हो। कम्पनीले एयरबस ३२० सिरिजको जहाजमार्फत उडान गरेको हो। कम्पनीले व्यवसायिक सम्भाव्यता भएका गन्तव्य हेरेर उडान गर्ने स्पस्ट पारेको छ। कम्पनीकी ब्राण्ड एण्ड सर्भिस इम्प्रुभमेन्ट विभाग प्रमुख उज्वला दलीले एयर रुट […]

नेपाल इन्भेष्टमेन्ट र मेगा बैंक मर्जरलाई राष्ट्र बैंकको अन्तिम स्वीकृति

अर्थ राजनीति  ~  नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको मर्जरलाई राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएको छ । राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकको मर्जरलाई अन्तिम स्वीकृति दिएको हो । मर्जरपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नामबाट एकीकृत कारोबार सुरू हुने छ । २७ पुसदेखि एकीकृत कारोबार सुरू गर्ने तयारी बैंकको छ ।

विदेशबाट मोबाइल ल्याउँदा १८ प्रतिशत भ‌न्सार लाग्ने निर्णयबाट पछि हट्याे सरकार

अर्थ राजनीति  ~  विदेशबाट मोबाइल तथा ल्यापटपलगायतका सामान ल्याउँदा कडाइ गर्ने भन्सार विभागकाे निर्णय तत्काल लागू नहुने भएको छ । प्रधानमन्त्री कार्यालयले तत्कालका लागि याे निर्णय लागू नगर्न निर्देशन दिएपछि विभाग पछि हटेकाे हाे । त्रिभुवन विमानस्थल भन्सार विभागका प्रवक्ता यमराज पाण्डेले प्रधानमन्त्री कार्यालयबाट निर्देशन आएसँगै १८ प्रतिशत कर लगाउने निर्णय कार्यान्वयन नगरिएको बताए ।उनले भने, […]

अर्थमन्त्री पौडेलसँग वार्तासँगै उद्योगीको आन्दोलन स्थगित

अर्थ राजनीति  ~  उद्योगी व्यवसायीको जारी आन्दोलन हाललाई स्थगित भएको छ । ब्याजदार वृद्धिको विरोधमा देशभरका उद्योगी आन्दोलनमा थिए । आज अर्थमन्त्री विष्णु पौडेलसँगको वार्तापछि व्यवसायीले आन्दोलन स्थगित गरेका हुन् ।उद्योगीले गरिरहेको आन्दोलन स्थगित भएको उद्योग वाणिज्य महासङ्घकी निवर्तमान अध्यक्ष भवाणी राणाले जानकारी दिइन् । छलफलमा देशभरका उद्योगी व्यसायी सहभागी थिए । यस्तै बैठकमा  गभर्नर […]

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक उडान गर्दै बुद्ध एयर

अर्थ राजनीति  ~  सरकारले पोखरामा नवनिर्मित अन्तर्राष्ट्रिय विमानस्थल अंग्रेजी वर्ष २०२३ को १ जनवरी (पुस १७)मा उद्घाटनको तयारी गरेको छ। उद्घाटन लगात्तै सञ्चालनमा आउने यस विमानस्थलबाट आन्तरिकतर्फ उडान गर्न सम्बन्धित वायुसेवाहरूले तयारी गरेका छन्। बुद्ध एयरले नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट आफ्ना सबै उडान गर्न तयारी पूरा गरेको बताएको छ। विमानस्थलमा यात्रुलाई टर्मिनल भवनबाट जहाजसम्म ल्याउन पुर्‍याउन र्‍याम्प […]

बैंकमा निक्षेप बढ्यो तर गर्न सकेनन् लगानी

अर्थ राजनीति  ~  पुष महिनामा बैंकहरुमा निक्षेप उल्लेख्य रुपमा जम्मा भइरहेको छ । तर, बैंकहरुले खुलेर लगानी गर्न भने अझै पनि सकिरहेका छैनन् । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको निक्षेप र लगानी सम्बन्धी पछिल्लो साप्ताहिक तथ्यांकले यस्तो देखाएको हो । यो हप्ता वाणिज्य बैंकहरुमा २० अर्ब रुपैयाँ निक्षेप जम्मा हुँदा ८० करोड रुपैयाँ मात्र बैंकहरुले […]

राष्ट्रिय वाणिज्य बैंकले खोल्यो एकै पटक पाँच शाखा

अर्थ राजनीति  ~  राष्ट्रिय वाणिज्य बैंकको एकै पटक पाँचवटा शाखा कार्यालयको उद्घाटन गरिएको छ । १ नम्बर प्रदेशस्थित शाखा कार्यालय ताप्लेजुङ, शाखा कार्यालय तेह्रथुम, शाखा कार्यालय धुलावारी, मधेश प्रदेशस्थित शाखा कार्यालय मलगंवा र बागमती प्रदेशस्थित शाखा कार्यलय रसुवाको उद्घाटन गरिएको छ । यसपछि बैंकको देशभर २६४ वटा शाखा कार्यालय सञ्चालनमा आएको हो ।शाखा कार्यालय ताप्लेजुङ्गको […]

स्प्रेडदरको प्रभाव बैंकहरुको सेयर मूल्यमा देखिन थाल्यो

अर्थ राजनीति  ~   बैंकहरुका सेयर मूल्य लगातार घट्न थालेको छ। यसको कारक नेपाल राष्ट्र बैंकको निर्णय हो।राष्ट्र बैंकले मौद्रिक नीतिको त्रैमासिक समीक्षा गर्दै स्प्रेडदर घटाउने निर्णय गर्‍यो। यो निर्णयसँगै ४.३९ प्रतिशतसम्म पुगिसकेको वाणिज्य बैंकहरुको स्प्रेड दर असारसम्म ४ प्रतिशतमा ल्याउनुपर्ने दबाब छ। स्प्रेड घट्दा वाणिज्य बैंकको नाफा घट्नेछ। नाफा घट्ने भएकाले बैंकको सेयर घट्न थालेको […]