अर्थमन्त्री पौडेलसँग वार्तासँगै उद्योगीको आन्दोलन स्थगित

Machchapuchchre

अर्थ राजनीति  ~  उद्योगी व्यवसायीको जारी आन्दोलन हाललाई स्थगित भएको छ । ब्याजदार वृद्धिको विरोधमा देशभरका उद्योगी आन्दोलनमा थिए । आज अर्थमन्त्री विष्णु पौडेलसँगको वार्तापछि व्यवसायीले आन्दोलन स्थगित गरेका हुन् ।उद्योगीले गरिरहेको आन्दोलन स्थगित भएको उद्योग वाणिज्य महासङ्घकी निवर्तमान अध्यक्ष भवाणी राणाले जानकारी दिइन् । छलफलमा देशभरका उद्योगी व्यसायी सहभागी थिए । यस्तै बैठकमा  गभर्नर र अर्थ मन्त्रालयका सचिवहरूको समेत सहभागिता थियो । छलफलमा अर्थमन्त्री पौडेलले उद्योगीको माग सम्बोधन गर्न केही दिनको समय मागेका थिए । त्यसक्रममा आफूले सम्पूर्ण माग सम्बोधन गर्ने भनेसँगै आन्दोलन स्थगित गरेको उद्योगी बताउँछन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्