नेपाल टेलिकमको ३ करोड कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत
अर्थ राजनीति ~ नेप्सेमा ३ करोड कित्ता सेयर सूचीकृत भएको छ। नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले वितरण गरेको बोनस सेयर धितोपत्र बजारमा मंगलबार सूचीकृत भएको हो। सूचीकृत भएको सेयर सेयरधनीहरुको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ। एनटिसीले आर्थिक वर्षको २०७७/७८ को नाफाबाट कायम चुक्ता पुँजीको ४० प्रतिशत लाभांश आफना सेयर धनिहरुलाई वितरण गरेको थियो। […]
