केन्द्रीय बैंकको निर्देशन : कडाइ पछि लघुवित्तको सेयरमा पहिरो

Machchapuchchre

अर्थ राजनीति  ~  नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत सबै लघुवित्तको सेयर मूल्यमा भारी गिरावट आएको छ । केन्द्रीय बैंकले एकीकृत निर्देशन जारी गर्दै लघुवित्तको लाभांश वितरणमा कडाइ गरेसँगै लघुवित्तको सेयर मूल्यमा भारी गिरावट आएको हो । केन्द्रीय बैंकले हिजो बुधवार लघुवित्तका लागि निर्देशन जारी गर्दै १५ प्रतिशतभन्दा बढी लाभांश वितरणमा कडाइ गरेको थियो । लघुताहरूले १५ प्रतिशतभन्दा धेरै सेयर प्रस्ताव गरी बढी प्रस्तावित लाभांशको ५० प्रतिशत जगेडा कोषमा जम्मा गर्नु पर्छ । यसअघि २० प्रतिशतभन्दा धेरै लाभांश प्रस्ताव गरेमा बढी प्रस्तावित लाभांशको ५० प्रतिशत जगेडा कोषमा जम्मा गर्नुपर्थ्यो । यो व्यवस्थासँगै आज कारोबार खुल्नसाथ लघुवित्त कम्पनीहरूको सेयर मूल्यमा भारी गिरावट आएको छ । हाल सबैभन्दा धेरै सेयर मूल्य गुमाउने कम्पनीहरूको सूचीमा लघुवित्त मात्र छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्