नेप्से परिसूचक ११.९७ अंकले गिरावट

अर्थ राजनीति  ~  पछिल्लो एक सातादेखि निरन्तर रुपमा ओरालो लागेको नेप्से परिसूचक बुधबार पनि घटेर कारोबार बन्द भएको छ । बुधबार नेप्से परिसूचक ११.९७ अंक घटेर १९३९.८८ बिन्दुमा झरेको हो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.७० अंक, फ्लोट इण्डेक्स ०.८० अंक र सेन्सेटिभ फ्लोट ०.५२ अंक घटेको छ । यसदिन कारोबारमा आएका २२४ कम्पनीको २९ लाख […]

नेपाल राष्ट्र बैंकले आज २० अर्ब तरलता बजार पठाउँदै

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकले बिहीबार २० अर्ब रुपैयाँ तरलता बजार पठाउँदैछ । बैंकले १४ दिनका लागि क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई सापटीको रुपमा यस्तो तरलता प्रवाह गर्न लागेको हो । इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले आज दिउँसो ३ः १५ बजेसम्म बैंकद्वारा जारी गर्ने रिपोका लागि आवेदन दिन सक्नेछन् । […]

बेलायतकी नवनियुक्त प्रधानमन्त्री ट्रसद्वारा मन्त्रिमण्डल गठन

अर्थ राजनीति  ~  बेलायतकी नवनियुक्त प्रधानमन्त्री लिज ट्रसले मन्त्रिमण्डल गठन गर्नुभएको छ । मन्त्रिमण्डलमा मुख्य मन्त्रालयहरुको जिम्मेवारी भने पहिलो पटक उहाँले सबै गोराहरुलाई दिनुभएको हाे । प्रधानमन्त्री ट्रसले क्वासी क्वार्टेङलाई अर्थमन्त्री बनाउनुभएको छ । उहाँले जेम्स क्लेभर्लीलाई विदेश मन्त्री बनाउनु भएको छ । त्यस्तै अर्को मुख्य मन्त्रालय गृहको जिम्मेवारी सुएला ब्रेभरम्यानलाई दिनुभएको छ । उहाँले […]

कामना सेवा विकास बैंकद्वारा ‘डिजिटल वीक’ योजना सार्वजनिक

अर्थ राजनीति  ~  कामना सेवा विकास बैंकले आफ्ना ग्राहकलाई डिजिटल माध्यममार्फत सहज र सरल तरिकाले भुक्तानीमा प्रोत्साहन गर्नको लागि आजबाट आगामी शुक्रबारसम्म ‘के एस डिजिटल वीक’ योजना सार्वजनिक गरेको छ । ‘नगद छोडौं, डिजिटल रोजाै’ कार्यक्रमअन्तर्गतको यो योजनामा कामना सेवा विकास बैंकको क्यूआर प्रयोग गरी पहिलो भुक्तानी लिएमा भुक्तानी रकमको अधिकतम  ५० रुपैयाँ वा १५ […]

बैंकहरुको निक्षेप तान्ने आकर्षक अफरप्रति राष्ट्र बैंक बेखबर !

अर्थ राजनीति  ~  बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप तान्ने गुणात्मक प्रतिफलतको अफरप्रति नियामक राष्ट्र बैंक बेखबर देखिएको छ । प्रतिस्पर्धामा बैंकहरुले एकपछि अर्को गर्दै लामो अवधिको मुद्दती निक्षेपमा १० गुणासम्मको प्रतिफलत सार्वजनिक गरिरहँदा नियामक निकाय राष्ट्र बैंक मौन देखिएको हो । बैंकहरुको न्यूनतम ६ वर्षेदेखि २५ वर्षेसम्मको गुणात्मक प्रतिफल योजना सार्वजनिक गरिरहेका छन् । तर, […]

प्रतिनिधिसभाको चुनाव लड्दै पूर्व गभर्नर डा. चिरञ्जिवी नेपाल

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. चिरञ्जिवी नेपाल प्रतिनिधि सभाको चुनाव लड्ने भएका छन् । पूर्व गर्भनर डा. नेपालले पाल्पा जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिने भएका हुन् ।  चुनावको तयारी थालेका नेपालले राजनितिबाट समाजसेवा गर्न रुची भएकाले प्रतिनिधिसभामा उम्मेदवारी दिन लागेको बताए । उनले  भने, ‘मैले […]

३ अर्ब १३ करोड ट्रेजरी रिन्यू गर्दै राष्ट्र बैंक

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकले मंगलबार ३ अर्ब १३ करोड रुपैयाँ बराबरको ट्रेजरी रिन्यू (नवीकरण) गर्ने भएको छ । बैंकले ९१ दिनका लागि ट्रेजरी जारी गर्दै यसअघिको ट्रेजरी बिलको नवीकरण गर्ने भएको हो । सोमबार दिउँसो ३ बजे ट्रेजरीको बोलकबोल हुनेछ । यसअघि बैंकले भदौ ६ गते चार किसिमका ट्रेजरी गरी कुल १२ अर्ब […]

नेप्से परिसूचक २७.९२ अंकले गिरावट

अर्थ राजनीति  ~  साताको पहिलो कारोबारको दिन हिजो आइतबार नेप्से परिसूचकमा गिरावट आएको हो । आइतबार नेप्से सूचक २७.९२ अंकले घटेर २०१०.०१ बिन्दुमा झरेको थियो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ४.७६ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.७९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १ं७५ अंकले घटेको थियो । यस दिन कारोबारमा आएका २२७ कम्पनीको ४५ लाख […]

नेपाल बैंक र त्रिभुवन विश्वविद्यालयबीच सम्झौता

अर्थ राजनीति ~  नेपाल बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय व्यवस्थापन केन्द्रीय विभागबीच अनुसन्धान सम्बन्धि कार्यमा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ । उक्त सम्झौताअनुसार विश्वविद्यालय व्यवस्थापन केन्द्रीय विभागमा अध्ययनरत विद्यार्थीले नेपाल बैंकमा इन्टर्नसिप गर्न पाउनेछन् भने सो विभागका विद्यार्थी र प्राध्यापकमार्फत नेपाल बैंकले आर्थिक तथा बैंकिङ क्षेत्रमा आफ्ना अनुसन्धानात्मक कार्यहरु सञ्चालन गर्नेछ । बैंकको अनुसन्धान […]

बैंकको स्प्रेड रेट बढ्यो , महँगिदै बैंकिङ कर्जा

अर्थ राजनीति  ~  बैंकिङ प्रणालीमा लगानीयोग्य स्रोतको अभावसँगै बैंकिङ कर्जा पनि महँगिदै गएको छ । लगानीयोग्य स्रोतको अभाव भएपछि बैंकहरुले स्रोत संकलनका लागि निक्षेपमा दिंदै आएको ब्याजदर बढेसँगै बैंकिङ कर्जा पनि महँगिन पुगेको हो । यस्तै बैंकहरुमा लगानीयोग्य स्रोतको अभाव हुँदा निक्षेपमा दिने र कर्जामा लिने ब्याजदरको अन्तर (स्प्रेड रेट) पनि बढाएको छन् । जसले […]