राष्ट्र बैंकले आइतबार १५ अर्ब ४ करोडको ट्रेजरी बोलकबोल गर्ने

Machchapuchchre

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकले आगामी आइतबार १५ अर्ब ४ करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । केन्द्रीय बैंकले २८ दिने ९१ दिने र १८२ दिने गरी तीन किसिममा कुल परिणामको ट्रेजरी बोलकबोल गर्न लागेको हो । फागुन २३ गते बिक्री हुने ट्रेजरीको फागुन २१ गते आइतबार दिउँसो ३ बजे बोलकबोल हुनेछ । यद्यपि, कुल ट्रेजरी मध्ये ३ अर्ब ४ करोड ५० लाख रुपैयाँ पुरानो बिलको नवीकरण गरेर बाँकी रहेको १२ अर्ब रुपैयाँ मात्र नयाँ ट्रेजरी बिक्री गरिने बैंकले जनाएको छ । बैंकका अनुसार २८ दिने ट्रेजरीको २ अर्ब रुपैयाँ र ९१ दिनका लागि १ अर्ब ४ करोड ५० लाख रुपैयाँ नवीकरण र ५ अर्ब रुपैयाँ नयाँ ट्रेजरी जारी हुनेछ । १८२ दिनका लागि भने बैंकले ७ अर्ब रुपैयाँ नयाँ ट्रेजरी बिक्री गर्नेछ । इच्छुक खरिदकर्ता बैंक तथा वित्तीय संस्थाहरूले फागुन २१ गते दिउँसो ३ बजेभित्र ट्रेजरी खरिदका लागि अनलाइन आवेदन दिन सक्नेछन् । यसअघि केन्द्रीय बैंकले फागुन १५ गते १३ अर्ब ४ करोड रुपैयाँ बराबरको ट्रेजरी बिक्री गरेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्