सुनको मूल्यमा सामान्य गिरावट

Machchapuchchre

अर्थ राज्निरी  ~  शुक्रबार सुनको मूल्यमा सामान्य गिरावट भएको छ । बिहिबार प्रतितोला एक लाख दुई हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज एक सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख दुई हजार चार सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य एक लाख एक हजार ९ सय रुपैयाँ रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । बिहिबार प्रतितोला एक हजार दुई सय ८५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज घटेर प्रतितोला एक हजार दुई सय ७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्