चैतबाट मात्र भैरहवामा अनिवार्य उडान

अर्थ राजनीति  ~  नेपाल नागरिक उड्डयन प्राधिकरणले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अनिवार्य व्यावसायिक उडानका लागि जारी गरेको निर्देशन तत्कालका लागि स्थगित गरेको छ ।यसअघि प्राधिकरणले हिउँदे उडान तालिकाअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक तीनभन्दा बढी अन्तर्राष्ट्रिय उडान गर्दै आएका हवाई कम्पनीलाई दैनिक एक उडान भैरहवाबाट गर्न निर्देशन दिएको थियो ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग मर्मत, काठमाडौँमा […]

उपत्यकासहित देशभर चिसो बढ्यो

अर्थ राजनीति  ~  काठमाडौं उपत्यकासहित आज आइतबार देशभर चिसो बढेको छ । आइतबार दिउँसो घाम लागे पनि बिहान र बेलुकाको समयमा अत्यधिक चिसो महसुस हुन थालेको हाे । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिनहुँ तापक्रम घट्दै जाने भएकाले चिसो थप बढ्ने भएकाे छ । महाशाखाका अनुसार देशका मध्य भाग, मध्यपश्चिम र पूर्वी तराई/मधेशका जिल्लाहरुमा हुस्सु र […]

खल्ती App.को बैंक लिंक अफर

अर्थ राजनीति  ~  खल्तीले आफ्ना प्रयोगकर्ताहरूका लागि ‘खल्तीमा बैंक लिंक’ अफर ल्याएको छ । अफर अन्तर्गत खल्तीले आफ्नो लिंक गरिएको बैंक खातामार्फत भुक्तानी गर्ने योग्य प्रयोगकर्ताहरू मध्ये दैनिक एक जना भाग्यशाली विजेतालाई ३२ इन्चको टिभी जित्ने मौका प्रदान गर्दैछ ।साथै, प्रयोगकर्ताहरूले आफ्नो पहिलो पटक लिंक गरिएको खाताबाट पहिलो भुक्तानी गर्दा एक सय रुपैयाँको बोनस तत्काल […]

समानुपातिक सांसदको नामावली रूजु गर्दै आयोग

अर्थ राजनीति  ~  दलहरूले प्रतिनिधि सभा र प्रदेश सभा समानुपातिकतर्फ सांसद चयन गरी पठाएको नामावली निर्वाचन आयोगले छानबिन थालेको छ। यसअघि दलहरूले बन्द सूचीमा पेश गरेअनुसार नामावली छ कि छैन भनेर आयोगले रूजु गर्ने भएको हो।दलहरूलाई आगोगले गत बुधबार तीन दिनको समय दिएर क्लस्टरअनुसार सांसदको नाम पठाउन पत्राचार गरेको थियो। दलहरूलाई शनिबार अपरान्ह ४ बजेभित्र […]

” भ्रष्टाचार नियन्त्रण चुनौतीपूर्ण बन्दैछ ” : प्रधानमन्त्री देउवा

अर्थ राजनीति  ~ प्रधानमन्त्री शेरबहादुर देउवाले भ्रष्टाचार नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको बताएका छन् । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा शुक्रवार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भ्रष्टाचारका बहुआयामिक स्वरूप, कारण र प्रभाव हुने भन्दै भ्रष्टाचारको नियन्त्रण दिनानुदिन चुनौतीपूर्ण बन्दै गइरहेको बताए । उनले भ्रष्टाचारविरुद्धको अभियानमा राज्यका सबै संयन्त्र, अदालत, नागरिक समाज र सञ्चार […]

उपाध्यक्ष विष्णु पौडेल : ” एमाले प्रतिपक्षमा बस्छ “

अर्थ राजनीति  ~  नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आफ्नो पार्टी प्रतिपक्षमा बस्ने बताएका छन् ।शुक्रबार बुटवलमा पत्रकारहरूसँग कुराकानी गर्दै उपाध्यक्ष पौडेलले जनताले एमालेलाई प्रतिपक्षमा बस्ने म्यान्डेट दिएको बताएका हुन् । उनले जनादेशको सम्मान गर्दै एमाले यसपटक प्रतिपक्षमा बस्ने बताए । कम्तीमा बहुमत र ठूलो पार्टी बन्छौं भन्ने अपेक्षा पूरा नभएको बताउँदै उनले कर्नरमा पार्न सत्तामा […]

विप्लव भन्छन् : “संघीयता अब देशले धान्दैन “

अर्थ राजनीति  ~  नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले मुलुकमा संघीयताको औचित्य नभएको बताएका छन् । रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेश कार्यलयले कपिलवस्तुमा शुक्रबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले हालको नेता व्यवस्थापन संघीयताभन्दा जनताको समानुपातिक संघीयता आवश्यक भएको औल्याए । उनले प्रदेश र संघको निर्वाचनमा आएको मतपरिणामले दलहरूको औचित्यमाथि समेत प्रश्न उठेको भन्दै पछिल्लो […]

प्रभु बैंकले सेञ्चुरीलाई प्राप्ति गर्ने सम्झौतामा हस्ताक्षर

अर्थ राजनीति  ~  प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंकबीच प्राप्ति (एक्विनिजसन) सम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको छ । दुई बैंकले पुस मसान्तदेखि संयुक्त कारोबार सुरू गर्ने गरी सम्झौता गरेका हुन् ।सम्झौतापत्रमा प्रभु बैंकका संयुक्त प्राप्ति समितिका संयोजक रमेशसिंह खड्का र सेञ्चुरी कमर्सियल बैंक संयुक्त एक्विजिसन समिति सदस्य मनबहादुर राईले हस्ताक्षर गरेका छन् । प्रभु बैंकले […]

उपत्यकामा आजदेखि मेलम्चीको खानेपानी वितरण गरिदै

अर्थ राजनीति ~  काठमाडौं उपत्यकामा मेलम्चीको खानेपानी आज (शुक्रबार) देखि पुनः वितरण गरिने भएको छ ।खानेपानीमन्त्री उमाकान्त चौधरीले शुक्रबार बिहान महाँकालबाट पानी पुनः वितरणको सुरुवात गर्नु भयो । गत जेठ मध्यदेखि रोकिएको पानी ६ महिनापछि उपभोक्ताका घरघरमा पठाइन लागेको हो । आगामी वर्षायामसम्म मेलम्चीको पानी नियमित रुपमा वितरण हुने काठमाडौं उपत्यका खानेपानी लिमिटेडले जनाएको छ […]

चोलेन्द्रको निलम्बन फुकुवाविरुद्धको रिटमा सुनुवाइ सुरु

अर्थ राजनीति ~   सर्वोच्च अदालतमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको महाभियोग प्रस्ताव निष्प्रभावी हुने भनी सङ्घीय संसद्का महासचिव डा. भरतराज गौतमले दिएको पत्रविरुद्धको रिट निवेदनमाथि सुनुवाइ सुरु भएको छ । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, वरिष्ठतम न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको हो । सर्वोच्च बारका […]