प्रचण्ड प्रधानमन्त्री बनून् भन्ने एमालेको चाहना

अर्थ राजनीति  ~ राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेपछि राजनीतिक दलका नेताहरू निरन्तर छलफलमा छन् । सत्तारुढ गठबन्धन आवद्ध दलहरू औपचारिक तथा अनौपचारिक रुपमा सरकार गठनका विषयमा छलफल गरिरहेका छन् । गत आइतबार राष्ट्रपति भण्डारीले १० पुस साँझ ५ बजेभित्र प्रधानमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरेकी छन् । जसपा र नागरिक […]

मेगा बैंकलाई नेपाल इन्भेष्टमेण्टसँगको मर्जर अनुमति

अर्थ राजनीति  ~   मेगा बैंक नेपालको वार्षिक साधारण सभाले नेपाल इन्भेष्टमेण्ट बैंकसँगको मर्जर कार्यलाई अन्तिम स्वीकृति प्रदान गर्न विशेष प्रस्ताव पारित गरेको छ । बिहीबार काठमाडौंमा सम्पन्न मेगा बैंकको १२औं वार्षिक साधारणसभाले मूल्यांकनकर्ताबाट प्राप्त दुवै संस्थाको सम्पत्ति, दायित्व तथा कारोबारको मूल्यांकन प्रतिवेदन अनुसार संयुक्त मर्जर समितिको सिफारिसमा मेगा बैंकको सञ्चालक समितिले स्वीकृत गरेबमोजिम मेगाको १०० […]

विराटनगरस्थित राष्ट्र बैंकमा उद्योगीको धर्ना जारी

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंक र सरकारी नीतिले आफूहरूलाई पेशाबाटै विस्थापनको खतरामा पुर्‍याएको आरोप लगाउँदै आन्दोलनमा रहेका विराटनगरका उद्योगी व्यवसायी दुई दिनयता सडकमा छन्। बिहीबारदेखि नेपाल राष्ट्र बैंकको विराटनगरस्थित कार्यालय घेराउमा रहेका उद्योगीहरूले शुक्रबार पनि धर्ना जारी राखेका छन्। कार्यालय समय सुरू भएपछि नसकिएसम्म उद्योगी व्यवसायीको धर्ना जारी रहने उनीहरूले जनाएका छन्। अरूबेला बन्द हड्तालको विरोध गर्ने […]

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो उडानसँगै खुसियाली

अर्थ राजनीति  ~  पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो उडान सफल भएसँगै पोखरेलीमा खुसियाली छाएको छ । विमानस्थलको सपना देखेको झन्डै पाँच दशकपछि भव्य विमानस्थल निर्माण सम्पन्न भएर विमानको उडान–अवतरण भएसँगै उत्साह बढेको हो । नेपालको निजी क्षेत्रका दुई विमानसेवा सञ्चालक कम्पनी बुद्ध र यति एयरले बिहीबार नवनिर्मित विमानस्थलमा सफलतापूर्वक यात्रुसहित पहिलो उडान गरेसँगै पोखरेली उत्साहित […]

सत्ता भागबन्डा: राष्ट्रपति कांग्रेसलाई, प्रधानमन्त्री माओवादीलाई

अर्थ राजनीति  ~   ‘पावर सेयरिङ’ गर्दै नयाँ सरकार गठनमा सहमति गर्नेगरी सत्ता गठबन्धनभित्र विकल्पसहितको अनौपचारिक खाका तयार भएको छ । गठबन्धनआबद्ध दलभित्र नयाँ सरकार गठन र पावर सेयरिङमा सहमति गर्नेगरी तीन विकल्पको खाका तयार गरिएको स्रोत बताउँछ । सो खाकामा आज शुक्रबारबाट घनिभूत छलफल हुँदै छ । उच्च स्रोतका अनुसार प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली […]

प्रधानमन्त्रीका लागि देउवा र प्रचण्डबीच हानथाप

अर्थ राजनीति  ~  राष्ट्रपतिबाट सरकार गठन आह्वान भएको तेस्रो दिन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसदीय दलको नेतामा निर्वाचित भए । उनले गगन थापालाई ३९ मतान्तरले पराजित गर्दै छैटौंपटक प्रधानमन्त्री बन्ने बाटो खुला बनाए। तर उनका लागि तगारो बनेका छन्, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ । जसरी पनि पहिलो लटमा प्रधानमन्त्री बन्ने चाहना राखेका […]

शक्ति बाँडफाँटमा दलहरुबीच किचलो, भागबन्डा मिलाउनै सकस

अर्थ राजनीति  ~  संसदीय दलको नेता चयन गरेसँगै नेपाली कांग्रेससहित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्रमुख दलहरूको ध्यान नयाँ सरकार गठनमा केन्द्रित भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री दाबी गर्न दिएको सात दिनको म्यादभित्र नयाँ सरकार गठनका लागि प्रमुख दलहरूले गृहकार्य सुरु गरेका हुन् । प्रतिनिधिसभामा सबैभन्दा ठुलो दल कांग्रेसले संसदीय दलको नेता चयन गरेपछि मात्र […]

मर्जर : राष्ट्र बैंकको सहुलियत पाएर बैंकको संख्या २१ मा झर्दै

अर्थ राजनीति  ~   अब मर्जरका लागि सहमति गर्ने वाणिज्य बैंक र लघुवित्तहरुले राष्ट्र बैंकले दिने सहुलियत नपाउने भएका छन्। राष्ट्र बैंकले चालु वर्षको मौद्रिक नीतिमा, पुस मसान्तसम्म एकीकृत कारोबार गर्नेहरुलाई पनि सहुलियत प्याकेज घोषणा गरेको थियो। यसअघि मर्जर सम्झौता गरेका पाँच जोर बैंकहरुले पुसअघि नै एकीकृत कारोबार गर्दैछन्। कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स […]

प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूको सपथ ग्रहण

अर्थ राजनीति  ~  प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूले बिहीबार सपथ ग्रहण गर्दैछन् । बिहीबार दिउँसो एक बजे संसद भवन नयाँ बानेश्वरमा सांसदहरूको सपथ ग्रहण कार्यक्रम राखिएको छ । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले सांसदहरूलाई पद तथा गोपनीयताको सपथ गराउनु हुनेछ । त्यसअघि राणाकै अध्यक्षतामा सर्वदलीय बैठक डाकिएको छ । १२ बजे बस्ने सर्वदलीय वैठकमा […]

“म मन्त्री बन्ने लाइनमा छैन ” : महामन्त्री शर्मा

अर्थ राजनीति  ~  नेपाली काँग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले नयाँ सरकारमा मन्त्री बन्ने लाइनमा आफू नरहेको स्पष्ट पारेका छन् । बुधबार काँग्रेस संसदीय दलको नेताको निर्वाचनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै महामन्त्री शर्माले नयाँ सरकारमा मन्त्री बन्नेतिर आफू नलाग्ने बताए । उनले पार्टी कार्यालयमा बसेर गर्ने आफ्नो कामहरु धेरै भएको बताए । उनले पार्टीले महामन्त्री बनाएको वर्ष […]